मृत्यूको भविष्यवाणी गर्ने तयारीमा वैज्ञानिकहरु !
नयाँ दिल्ली । मृत्यू कहिले हुन्छ ? सदियौंदेखि ज्योतिषी तथा तान्त्रिकहरुले मानिसको जीवनबाट मृत्यूयोग टार्ने कोसिन गरिरहेका छन् । विभिन्न किसिमका उपायहरु अपनाइरहेका छन् तर, तर सकिरहेका छैनन् । यो दौडमा अब वैज्ञानिकहरु पनि सामेल भएका छन् । वैज्ञानिकहरु मृत्यूको सफल भविष्यवाणीका लागि जुटिरहेका छन् ।
यो परिक्षणमा भाग लिनेहरुको उमेर, लिंग, वैवाहिक स्थिति, उसको काम गर्ने गति, आर्थिक स्थिति, धुम्रपानको बानी र उसको यसअघिको दुई बिरामीको बारेमा प्रश्न सोधिन्छ ।
स्वीडेनका केरोलिंस्का इन्टीच्यूटका प्रा.इंगेलशन र डा.एंडिया यो परिक्षणबाट मानिसले आफ्नो स्वास्थ्यप्रति सचेत हुनसक्ने विश्वास व्यक्त गर्छन् । तर केही विशेषज्ञहरु यस्तो परिक्षणले मानिसमा मृत्यूप्रतिको भय बढ्नसक्ने बताउँछन्source hamro sandesh