Entertainment
»
भाई विदेशमा पसिना बगाउने , दाई घरमा बुहारीसँग मस्ती
भाई विदेशमा पसिना बगाउने , दाई घरमा बुहारीसँग मस्ती
आजको कलियुगमा हाम्रो समाजमा नैतिकता भन्ने संस्कार हराउन थालेको छ ।हाम्रो
समाजमा भाई बुहारीले जेठाजुलाई सिधा हेर्न पनि पाईदैन् । जेठाजू र
बुहारीको सम्बन्धलाई पवित्र मानिन्छ । तर यो कलियुगमा यहाँ एक जेठाजूले
बुहारीसँग मस्ती गर्दै आएको खुलासा भएको छ ।भारतको यूपी प्रान्तको जौनपुरमा
भाई विदेश गएको मौकामा दाईले बुहारीमाथि अवैध सम्बन्ध राख्दै आएको खुलासा
भएको हो । यो खुलासा प्रहरीले एक महिनापछि गरेको छ ।mama
प्रहरीका अनुसार जौनपुरको मोहरिया गाउँमा आमा संगीता र जेठा बा रमेश
पटेललाई छोरा आर्यनले राति मस्ती गर्दै गरेको आपत्तिजनक अवस्थामा देखेपछि
यो घटना बाहिर आएको हो ।संगीता र रमेशलाई आपत्तिजनक अवस्थामा देखेपछि
सम्बन्ध बाहिर आउने डरले उनीहरुले छोरा आर्यनको घाँटी थिचेर हत्या गरेका
थिए । हत्यापछि आर्यनको खोजी गर्ने क्रममा यो सम्बन्ध बाहिर आएको भारतीय
सञ्चारमाध्यमले जनाएका छन् ।संगीताका पति ३ वर्षदेखि वैदेशिक रोजगारीका
सिलसिलामा बाहिर छन् ।
छोराको हत्या गरेर लासलाई संगीताले जेठाजूसँग मिलेर नजिकैको पोखरीमा लगेर
फालेकी थिईन् ।त्यसपछि उनीहरुले छोरा हरायो भनेर प्रहरी चौकीमा खोजीदिन
निवेदन दिएका थिए । प्रहरीले तिव्र खोजतलास गर्दा आर्यनको शव पोखरीमा
भेटिएको इन्सपेक्टर आर के सिन्हाले बताएका छन् ।प्रहरीले संगीताको छोरा
खोज्दा उनीमाथि कडा निगरानी राखेको थियो । सोधपुछ तिव्र पारेपछि संगीताले
आफै मुख खोलेर छोराको हत्या गरेको बताएकी थिईन् । त्यसपछि जेठाजूसँग मस्ती
गरेको घटनापनि भनिन् ।
प्रहरीले यो घटना पत्ता लगाउन एक महिना लगायो । घटनाको सबै सत्य तथ्य बाहिर
आएपछि जेठाजू रमेश बुहारी संगीतालाई प्रहरीले पक्राउ गरी अदालतमा ज्यान
मार्ने अभियोगमा मुद्दा दर्ता गरिएको इन्सपेक्टर सिन्हाले जानकारी दिएका
छन् । उनका अनुसार संगीता र रमेशलाई कम्पतीमा पनि १० वर्षको जेल सजायँ हुन
सक्छ ।
Labels:
Entertainment
