चार महिने नाबालकको शरीरमा २५ वटा सुइ !

फोटो :एक्सरे गर्दा बालकको शरीरभित्र देखिएका सुइ । तस्बिर : एजेन्सी
पिशाव नलीबाट तीन सुइ निकालियो
एजेन्सी : चार महिनाको एक नाबालकको शरीरभित्र २५ वटा सुइ भेटिएका छ्न् । यी सुइ ती नाबालकका हात, खुट्टा र पेटभित्रसमेत हालेको भेटिएको छ । 
 
सोमबार भारतको लखनउस्थित किङ जर्ज मेडिकल यूनिभर्सिटीका बाल शल्य चिकित्सा विभागका अध्यक्ष प्रोफेसर एसएन कुरिलले नाबालकको अढाइ घन्टासम्म अप्रेशन गरेर केही सुइ निकाले 
 
डाक्टर कुरिलले बताए अनुसार तीनवटा सुइले नाबालकको पिशाब नलीलार्इ बन्द गरेका थिए । पिशाव नली बन्द भएपछि त्यहाँबाट रगतसमेत बगिरहेको थियो । ती सुइलार्इ पिशाव नलीबाट सफलतापूर्वक निकालिएको छ ।
 
अन्य २२ वटा सुइले बालकलार्इ खास खतरा नरहेको जनाउँदै डाक्टर कुरिलले अप्रशेनपछि नाबालकको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिए । तर, बाँकी २२ वटा सुइ निकाल्ने प्रयास जारी रहेको उनले बताए । 
 
डाक्टरका अनुसार यी सुइ प्लास्टिकको सिरिन्ज फुटाएर नाबालकको शरीरमा हालिएको थियो । 
 
'मेरो चिकित्कीय जीवनकै पहिलो घटना कुनै बालकको शरीरमा एकैसाथ यति धेरै सुइ हालेको देखेँ', डाक्टर कुरिलले भने, 'कुनै बालकको शरीरमा यति क्रुरतापूर्वक २५ वटा सुइ हालेको आजसम्म देखेको थिइन ।' 

नाबालकको पिशाव नलीबाट निकालिएका तीनवटा सुइ
नाबालककी आमा सत्याक्षी बुबा शिवेन्द्र श्रीवास्तवसँग गरिएको कुराकानीका क्रममा डाक्टरले यसमा तान्त्रिकको हात हुन सक्ने अनुमान गरेका छन् । बाबुआमाले यो घटना अस्वीकार गरेपनि परिवारकै कुनै व्यक्तिको यसमा संलग्नता हुने आशंका गरिएको छ । 
 
लखनउको रायबरेलीस्थित एक गाउँमा जन्मेका यी बालक करिब अढाइ महिनाका हुँदा एक दिन मालिस गर्ने क्रममा उनकी आमाको हातमा केही तिखो बस्तुले घोचेको थियो । शरीरको छालाभित्र रहेको त्यो तिखो बस्तु आमाले तानेर निकाल्दा सिरिन्ज भएको पत्ता लागेको थियो । 
 
डाक्टरका अनुसार त्यसपछि नाबालकको शरीर सुन्निएको थियो । सुन्निएको केही ठाउँबाट पनि सिरिन्ज निकालिएको थियो । 
 
शरीरबाट दुर्इवटा सुइ निकालिएपछि शिवेन्द्र र सत्याक्षीले बालकलार्इ लिएर अस्पताल गए । जिल्ला अस्पतालमा चिकित्सकले जाँच्ने क्रममा बालकको शरीरका विभिन्न भागमा सुइ भेट्टिएको थियो ।