मोटा बच्चाहरु यसकारण पढाइमा कमजोर

मोटा बच्चाहरुले स्वास्थ्य सम्बन्धि विभिन्न समस्याका सिकार हुनेमात्र होइन पढाइमा पनि कमजोर हुने गरेको अध्ययनले देखाएको छ ।
fat boyमोटा बच्चाहरु पढाइमा कमजोर हुनुको कारण मोटोपनाले उनीहरुको सिकाइ वा मस्तिष्कको क्षमतामा असर पारेर नभै शिक्षकहरुको मोटा विद्यार्थीप्रतिको विकर्षण रहेको शोधकर्ताहरुको ठम्याइ छ ।
बेलायतको बर्मिंघम विश्वविद्यालयकी शोधार्थी एन्जेला मेडोजका अनुसार मोटा विद्यार्थीहरु पढाइमा कम क्षमतावान हुने मान्यता शिक्षकहरुमा रहन्छ । उनका अनुसार विद्यार्थी मोटाउँदै जाँदा उसलाई पढाउने शिक्षकहरुमा ऊ प्रतिको मूल्यांकनको तह पनि घट्दै जान्छ ।
मानिसमा स्वभाविक रुपमा अधिक वजन प्रतिको अर्घेल्याइँको भावना हुने र उक्त भावनाको सिकार मोटा विद्यार्थीहरु बन्ने दाबी उनको छ । आफुलाई शिक्षक तथा सहपाठीहरुले हेँप्ने तथा कमजोर ठान्ने गरेपछि मोटा विद्यार्थीहरुमा पढाइप्रति नै वितृष्णा उत्पन्न हुँदै जाने र त्यसले अन्ततः विद्यार्थीको पढाइ तथा सिकाई क्षमतामै असर पर्ने देखिएको छ ।
मोटा विद्यार्थीहरुलाई कक्षामा शिक्षक शिक्षिकाहरुले कमजोर ठान्ने, हेँप्ने तथा कम ध्यान दिने गर्नाले त्यसको असर बालबालिकाहरुमा दीर्घकालीन रुपमा रहने बताइएको छ । यसबाट विद्यार्थीमा पढाइप्रतिको रुची घट्ने, निरासा, डिप्रेसन देखि बीचमै पढाइ छाड्ने जस्ता नकारात्मक असर देखिन्छ ।
त्यसकारण मोटा विद्यार्थीहरुप्रति शिक्षक शिक्षिकाहरु बढि संवेदनशील बन्नुपर्ने र उनीहरुको शैक्षिक उपलब्धीका विषयमा जागरुक बन्दै त्यस्ता विद्यार्थीलाई हौसला तथा माया प्रदान गर्नुपर्ने सुझाव उनको छ ।
उनका अनुसार जिस्काउने तथा दुव्र्यवहारबाट विद्यार्थीलाई कसरी जोगाउने भन्ने विषयमा शिक्षकहरुलाई कडा तालीम दिनुको साथै विविधतापूर्ण पढाइ र सबै रुप र गुण र अवस्थाका विद्यार्थीलाई सम्मान र माया गर्ने सीपपनि शिक्षक शिक्षिकाहरुलाई प्रदान गर्नुपर्ने सुझाव उनको छ ।
त्यस्तै विद्यार्थीहरुलाई पनि आफ्ना सहकर्मीहरुलाई माया गर्ने तथा समभाव राख्ने विषयमा शिक्षा दिनुपर्ने र मोटा विद्यार्थीप्रति हुने दुव्र्यवहार रोक्नका लागि सावधानी उपनाउनुपर्ने उनको भनाइ छ ।