प्रोफाइल तस्बिर नहाल्ने, फेक एकाउन्टबाट हैरान पार्नेलाई फेसबुकले चिन्ने

फेसबुकले प्रोफाइल तस्बिर नभएकाहरुलाई पनि चिन्ने प्रविधि निर्माण गरी परीक्षण शुरु गरेको छ । फेसबुक एकाउन्ट खोलेर तस्बिर नहाल्ने तथा फेक एकाउन्ट खोलेर अरुलाई हैरान पार्नेलाई यसले पहिचान गर्ने सामाजिक सन्जाल फेसबुकले जनाएको छ । उसले फेसियल रिकगनाइजेसन प्रविधिको विकास परी परीक्षण गरेको हो ।
परीक्षण गर्न फेसबुकले तस्बिरमा अनुहार नदेखिएका ४० हजार तस्बिर लिएको थियो । 

नयाँ प्रविधिले ८३ प्रतिशत व्यक्तिलाई  पहिचान गरेको फेसबुकले जनाएको छ । कपाल, लुगा र शारीरिक संरचनाको विश्लेषण गर्दै नयाँ प्रविधिले मान्छे चिन्छ । नयाँ प्रविधि अहिले परीक्षणको चरणमा रहेको फेसबुकले जनाएको ।