नेपाली मुलका फेशन डिजाइनर प्रवल गुरुङले १ हजार घर बनाइदिने, हलिउड स्टारको पनि साथ

prabal-gurung-2
नेपाली मुलका फेशन डिजाइनर प्रवल गुरुङले भुकम्पले घर भत्किएपछि पीडित बनेका नेपालीका लागि सहयोग गर्ने बताएका छन् । उनले दोलखामा १ हजार घर बनाउन लागेको जानकारी आफ्नो ट्विटरमार्फत दिएका हुन् ।
प्रवलको संचालन गर्दै आएको परोपकारी संस्था ‘शिक्षा फाउन्डेशन नेपाल’ मार्फत दोलखामा १ हजार घर बनाउन लागेको बताएका हुन् । उनले यो अभियानमा सहयोगको अपेक्षा पनि गरेका छन् ।
प्रवलले नेपालमा भुकम्प आए लगतै सहयोग गर्न आह्वान गरेका थिए । उनको आह्वानपछि हलिउडका चर्चित स्टारहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रियालिटी स्टार किम कार्दशियनदेखि अन्य स्टारहरुले प्रवलको अभियानमा सहयोग गर्ने बताएका थिए ।