पहिलो सहवासका बेला ध्यान दिनैपर्ने कुराहरु

sex-lifeपहिलो सहवास महिला र पुरुष दुबैका लागि निकै विशेष पल हो र जिन्दगीका यावत् कल्पनाहरु यथार्थको धरातलमा अवतरण हुने क्षण पनि हो । यदि यो पललाई सही ढंगले व्यवस्थापन गर्न सकिएन र सहवास सम्बन्धि गलत ज्ञान तथा अवधारणाका साथ सहवासमा संलग्न हुने हो भने पहिलो सहवासको क्षण निकै दिक्कलाग्दो तथा दुखलाग्दो हुन्छ । यौन तथा प्रजनन विज्ञ तथा मनोविज्ञहरुका अनुसार पहिलो सहवासका लागि आफुलाई पूर्णरुपमा तयार बनाउन र सहवासलाई सफल पार्न निम्नानुसारका उपाय अपनाउनुपर्छ-
सुरक्षित यौन सम्पर्कलाई पहिलो प्राथमिकता- धेरै मानिसले आफ्नो पहिलो सहवासमा निकै धेरै उत्तेजित, पुलकित, अर्धबेहोसी तथा लीन भएका हुन्छन् । सहवासमा आनन्दको मामिलामा कुनै कन्जुस्याइँ गर्नु उपयुक्त हुँदैन तर आनन्द उठाउने नाममा यौन सुरक्षाको विषयसँग सम्झौता भने गर्नु हुँदैन । यौन संक्रामक रोग तथा नचाहेको गर्भाधारणबाट जोगिनका लागि सहवासका बेला कण्डमको प्रयोग गर्नु पर्छ । भैपरी तथा स्वार्थवस सम्भोगका लागि मात्र सम्बन्ध गाँस्नेसँग होइनकी विश्वसनीय पार्टनर जसले तपाइँको केयर गर्छ ऊ सँग मात्र यौन सम्बन्ध कायम हुनुपर्छ र त्यस्तो यौन सम्बन्ध मात्र सुरक्षित हुन्छ ।
ठूलो महत्वाकांक्षा तथा अपेक्षा नलिनुस्- धेरै मानिसले आफ्नो पहिलो सेक्स जादुमयी होस् र पहिलो सेक्सको अनुवभ अविष्मरणीय होस् भन्ने चाहन्छन् । तर त्यस्तो नहुन सक्छ । राम्रो सहवासको सीप समयसँगै सिकिने र सुधार हुँदै जाने कुरा हो । त्यसैले पहिलो सहवासमै बढि महत्वाकांक्षी हुनु र धेरै अपेक्षा गर्नु दुष्प्रभावी हुनसक्छ र यसले तपाइँलाई दुखित बनाउनुका साथै निरास पनि बनाउन सक्छ ।
पाकक्रिडामा आनन्द लिन नबिर्सनुस्- पहिलो सहवासका बेला सिधै यौन सम्पर्कमा लीन हुने हतारो हुन्छ धेरैलाई । पाकक्रिडा अर्थात् फोरप्लेमा भुल्न चाहँदैनन् धेरै जना । तर यदि पहिलो सहवासमा पनि पर्याप्त सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने पर्याप्त फोर प्ले मा सहभागी हुनुहोस् र आफु तथा पार्टनरलाई वार्मअप हुने पर्याप्त मौका प्रदान गर्नुहोस् । जति धेरै पाकक्रिडा उति नै धेरै यौन सन्तुष्टि प्राप्त हुन्छ ।
आफु पूर्ण रुपमा उत्तेजित भए नभएको टुंगो लगाउनुहोस्- तपाइँ सहवास अघि पूर्ण रुपमा उत्तेजित हुनु आवश्यक हुन्छ । यदि पूर्ण रुपमा यौनउत्तेजनामा नआएको अवस्थामा हुने यौनक्रिडाबाट पार्टनर स्खलित भएपनि यौन आनन्द पूर्णरुपमा प्राप्त हुन सक्दैन ।
सहवासमा घमण्ड नगर्नुस्- यौनको मामिलामा पुरुषहरु अलिक बढि घमण्डी हुन्छन् । आफ्नो कमजोरी तथा असमर्थता र लाज देखाउन चाहँदैनन् र आफुलाई प्रायः सेक्सको विज्ञ नै ठानेर सोही अनुरुप आफ्नो महिला पार्टनरलाई व्यवहार गर्दछन् । तर यस्तो व्यवहार सन्तोषदायी सेक्सका लागि उपयुक्त हुँदैन । आफ्नो पार्टनरसँग आफ्ना सबै कुरा खुलस्त भन्ने तथा अनुभवहरु शेयर गर्नुपर्छ । पार्टनरको भावनालाई पनि इज्जत गर्दै सहवासमा संलग्न हुनुपर्छ ।
ढोङ नरच्नुस्- धेरै मानिसहरुले सहवासको बेला आफुलाई चरम आनन्द प्राप्त नभएपनि प्राप्त भएको ढोङ देखाउँछन् । उनीहरुले आफ्नो पार्टनरलाई खुसी पार्न यसो गरेका हुन्छन् । यस्तो व्यवहार यौन जिवनका लागि प्रत्युत्पादक हुन्छ । त्यसैले सहवासका बेला चरम आनन्दको मामिलामा नाटक गर्नु हुँदैन र यथार्थ व्यवहार प्रदर्शन गर्नुपर्छ । तबमात्र पार्टनका लागि सही यौनिक सम्बन्ध र क्रियाकलापको सुधारमा सहयोग पुग्दछ । अहिले पहिलो सहवासमा त ढोङ र नाटक पूर्णरुपमा निषेध नै हुनुपर्छ ।
चरम सन्तुष्टिको अपेक्षा नगर्नुहोस्- पहिलो सहवासमा नै पूर्ण चरम आनन्द प्राप्त नहुन सक्छ, अझ बढि महिलाको हकमा । किनकी पहिलो सहवासमा पुरुष छिटै स्खलित हुने सम्भावना अत्यधिक हुन्छ । यद्यपि चरमआनन्द अर्थात् अर्गाज्मले यौन सन्तुष्टिलाई बढाउँछ तर अर्गाज्म प्राप्त नभएपनि तपाइँले सहवासको मज्जा उठाउन सक्नुहुन्छ । त्यसैले पहिलो सहवामा चरम आनन्दको अपेक्षा नराख्नु नै ठीक हुन्छ । यदि प्राप्त भैहालेमा ठीकै छ नभए जतिसम्म सकिन्छ त्यसमै धेरै भन्दा धेरै मज्जा लुट्ने प्रयास गर्नुपर्छ र चिन्ता लिनुहुँदैन ।
के तपाइँको व्यवहारले पार्टनरको भावनामा ढेस पुग्दैन ?- पहिलो पटकको सहवासका क्रममा प्रकट हुने व्यवहारले पार्टनरको चित्त दुख्नसक्छ । तर त्यसो हुँदैमा तपाइँ कामै नलाग्ने पार्टनर तथा प्रेमी हो भन्ने प्रमाणित भएको ठान्नु हुँदैन । यदि पार्टनरको व्यवहार तथा सम्बन्धको कुनै विषयले तपाइँको चित्त दुखेको छ भने मनमा कुरा नगुम्साउनुहोस्, खुलस्त भन्नुहोस् । यदि तपाइँको पार्टनर अलिक बढि संवेदनशील छ भने उसको भावना बुझ्नुपर्छ र हेरचाह गर्नुपर्छ । एजेन्सीको सहयोमा