वैज्ञानिक भन्छन्- “जीवहरु तिव्र गतिमा लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा >>संसारको अन्त्य हुने चेतावनी दिए

काठमाडौं ।समय समयमा यो संसार समाप्त हुने चर्चा चलिरहन्छन् । कहिले सूर्य फूट्न लागेको त कहिले संसार नै अध्यारो हुने चर्चाले ब्यापक आतंक सृजना गर्ने गरेको छ । अव यो विश्लेषणको विषय बनेको छ आखिर संसारको अन्त्य हुने दिन आउन लागेको हो त ?शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । तर यो कुनै धर्म शास्त्रीय ब्याख्या नभएर बैज्ञानिकहरुको दिएको चेतावनी हो ।

बैज्ञानिकहरुले संसारमा रहेका मानव बाहेकका मेरुदण्ड हुने प्रजातिहरु तीव्रगतिमा लोप हुँदै गएको र यी प्रजातीको अस्तित्व समाप्त हुने गतिले संसार साँच्चिकै प्रलयोन्मुख भएको हो कि भन्ने प्रश्न बैज्ञानिकहरुले समेत स्वीका गरेका छन् ।धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो ।

केही दिन अघि अमेरिकी बैज्ञानिकहरुको एक टोलीले संसारका प्रजातिहरु विस्तारै लोप हुने दिशामा गैरहेको र संसारमा प्रलयका संकेत देखिन सक्ने चेतावनी सहितको प्रतिबेदन जारी गरेपछि संसारभरी यो विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।

कुन कुन जीवन लोप भए ?
लोपोन्मुख प्रजातिमा परेको गोरिल्ला
संसारबाट लोप भएको कछुवाको एक प्रजाति
हिम भालु
संसारबाट अस्तित्व समाप्त हुन लागेको भनिएको ध्रुवीय भालु
यो अध्यनका अनुसार संसारका विभिन्न प्रजातिको लोप हुने दर १०० गुणाले बढेको छ जुन बैज्ञानिकहरुका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ । उक्त रिपोर्टले धर्तीमा रहेका मेरुदण्डधारी १५०० जीवका प्रजाति मध्ये ३२० प्रजाति तै लोप भैसकेका छन् । र बँचेका प्रजातिमा पनि औषत २५ प्रतिशतको दरमा घटिरहेका छन् । मेरुदण्ड भएका जीवन प्रजातिमा १६ देखि ३३ प्रतिशत प्रजातिको अस्तित्व संसारबाट लोप हुने खतरा छ ।

यस अघि अर्कै चर्चाः संसारकै अन्त्यको बहस
धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो। गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो । यो तारा एकदम शक्तिशाली हुने बताइन्छ । यो पृथ्वीमा ठोक्किएमा ५० वटा परमाणु बम विष्फोट भए जत्तिकै विनाश हुने बैज्ञानिकहरु बताउँछन् ।

टाइमका अनुसार यो छुद्र ग्रह आगामी १८ वर्षभित्र पृथ्वीमा ठोक्किने सम्भावना छ । र यसबाट हुने विनाश कल्पना बाहिरको कुरा रहेको बैज्ञानिकहरुको भनाइ छ ।बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । युक्रेनका एक खगोलशास्त्रीले एक विशाल पुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको टाइमलाई बताएका थिए । टिबी १३५ नाम दिइएको यो पुच्छ्रे तारा सन् २०३२ अगष्ट २६ मा पृथ्वीसँग ठोक्किने उनको दावी छ ।

अन्य देशका खगोलविद्हरुले पनि यो भनाइलाई समर्थन गरेका छन् । तर बैज्ञानिकहरुबीच भने यो विषयमा एक मत छैन । १३ सय ५० फुट लामो यो चट्टानी पुच्छ्रेतारा एक दिन न एक दिन पृथ्वीमा ठोक्किने र यसबाट २५ सय मेगाटन टिएएनटी बराबर शक्ति पैदा हुने उनीहरु बताउँछन् । सन् २०१३ मा रुसको चेलिबिन्स्कमा एक पुच्छ्रे तारा खसेको थियो । १९ किलोमिटरको गतिमा उक्त तारा खसेको स्थानमा निक्कै ठूलो क्षति भएको थियो ।

हजारौं घरका झ्याल फुटे भने घरहरु समेत हल्लिएर नोकशानी भयो । यो विष्फोट हिरसिमामा अमेरिकाले खसालेको परमाणु बम भन्दा ३० गुना शक्तिशाली थियो । यो घटनामा सयौं मानिस घाइते भएका थिए । यद्यपी यो निक्कै सानो टुक्रा मात्र थियो । यसको लम्बाइ १ हजार मिटर थियो । बैज्ञानिकहरुलाई यसको खोजी गर्न भ्याइ नभ्याइ भएको थियो ।

सन् २०८० मा पनि यस्तै खतरा
बैज्ञानिकहरुले अर्को पुच्छ्रे तारा पनि पृथ्वी तर्फ अघि बढिरहेको छ । यसको नाम १९५० डिए हो । हालको गति कायम रहेमा सन २०८० मा यो तारा पृथ्वीमा ठोक्किने छ । यसको ब्यास १ हजार मिटर छ र यो पृथ्वीमा ठोक्किँदा ३८ हजार किलोमिटरको गतिमा ठोक्किने छ । तर यो अहिलेको गतिमा घुमिरहेमा भने पृथ्वीमा आउनु अघी नै गुरुत्वाकर्षणका कारण टुक्रा टुक्रा भैसक्ने छ । अधिकाँश बैज्ञानिकहरु यस्ता ताराहरु सूर्यको किरणका कारणको प्रभावले नष्ट हुन्छन् र पृथ्वीमा पुग्नु अघि नै विनष्ट भैसक्छन् ।एजेन्सीको सहयोगमा ।