मलेसियाको भूकम्पमा पाँचजनाको मृत्य
एजेन्सी : शक्रबार बिहान गएको शक्तिशाली भूकम्पबाट मलेसियाको माउन किनाबालु पहाडमा ५ जनाको ज्यान गएको छ ।
४ हजार ९५ मिटर अग्लो यो पहाड चढ्न गएका आरोहीमध्ये ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोही पहाडक्षेत्र नजिकैको समुद्री तट केन्द्रबिन्दु भएको सो भूकम्पपछि किनाबालु पहाडमा अझै पनि ८९ जना आरोही फसेका छन् ।

माउन्ट किनाबालु पहाडमा आरोहीहरु
समाचार अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्पले हल्लाउने क्रममा पहाडमाथिबाट खसेका ढुंगाले लागेर ती पाँच आरोहीको ज्यान गएको हो । तर, त्यहाँस्थित सरकारी अधिकारीले यो घटनाको पुष्टि गरिसकेका छैनन् ।
भूकम्पपछि सो पहाडीक्षेत्रमा फसेकाहरुलाई उद्धार गर्न त्यहाँस्थित प्रहरी तालिम प्राप्त कुकुरसहित परिचालित भएको छ । हेलिकोप्टरले पनि भूकम्पपछि फसेकाहरुको खोजी थालेको छ ।