घर भित्रै श्रीमान श्रीमती मृत फेला, श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

प्रेम सुनार
गुल्मी, जेठ १९ । आज विहान गुल्मीको सिमीचौरमा आफ्नै घरमा श्रीमान श्रीमती रहस्यमय रुपमा मृत फेला परेका छन् । घटनास्थलमा पुगेको प्रहरी र प्रत्यक्षदर्शी स्थानियवासीका अनुसार घटनास्थलको प्रकृतिले श्रीमतिको घाँटी थिचेर हत्या गरेपस्चात श्रीमानले आत्महत्या गरेको आशंका गरिएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १२, साविकको सिमिचौर गाविस वडा नम्वर–३ का ३५ वर्षिय रामु भन्ने रामबहादुर नेपाली र ३३ वर्षिया उनकी श्रीमती लक्ष्मी नेपाली त्यस्तो अवस्थामा मृत फेला परेका हुन् । ‘घाँटीमा निला डाम रहेको अवस्थामा श्रीमती भुँईमा मृत फेला परेकी थिईन्, श्रीमान घर भित्रै झुण्डीएको अवस्थामा मृत फेला परेका थिए, घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि हमालले भने–‘पोष्टमार्टमको रिर्पोट नआए सम्म त हामीले त्यसो भन्न मिल्दैन तर घटनास्थलको प्रकृति हेर्दा श्रीमतिको हत्या गरी श्रीमान आफुले झुण्डिएर आत्महत्या गरेको आशंका गर्न सकिन्छ । ’
मृतक दम्पत्तीका १३ वर्षिय छोरा अजय नेपालीका अनुसार हिजो साँझ करिव ८ वजे देखि ९ वजेको समय सम्म श्रीमान श्रीमति विच निकै चर्का चर्कि झगडा चलेको थियो । ‘ वावाले रक्सी खानु भएको थियो । रक्सी नखान मम्मीले मनाही गर्ने क्रममा उहाँले तँ त झुण्डएर मरे पनि हुन्छ भन्नु भयो त्यस पछि झगडा सुरु भएको हो । ’
उनले थपे– त्यस्तै ९ वजे तिर मम्मीले हामीलाई खाना खुवाएर माथी आँटी ( चोठा ) मा सुत्न जाउ भन्नु भयोे र गयौं त्यस पछि के भयो हामी दुई दाजु वहिनीले केहि थाह पाएनौं ।’ उनकी ११ वर्षिया वहिनी अन्जानाको भनाई पन िदाजु संग मिल्दो जुल्दो थियो । ‘रक्सी र खैनी डाक्टरले खान हुन्न भनेको कुरालाई आमाले बन्देज गर्न खोज्दा वावुले मरे मर्छु भन्दै झगडा सुरु भएको उनको भनाई थियो ।
मृतक नेपालीकी आमा पुनकलाका अनुसार ति दम्पत्ती विच पहिलै देखि वेला वेलामा झगडा र कुटपिट भई रहन्थ्यो । मृतक नेपालीकी जेठी दिदी मिना नेपाली,माईली दिदी रिमा र कान्छी गोमाका अनुसार केहि दिन अघि देखि रामुले श्रीमतिलाई मार्ने र आफुले पनि आत्मा हत्या गर्ने धम्की दिदै आएका थिए । ति परिवारका आरोप थियो वुहारीको तातो रिसको कारण रामु त्यस्तो आक्रोषमा आएका हुन सक्छन् ।
हुर्केका ति दुई सन्तानका अलावा ति दम्पत्तीका ११ महिनाका एक छोरा समेत रहेका छन् । उक्त दिन साँझ हुर्केका ति दुई छोरा छोरीलाई माथी तलामा सुत्न पठाएर ११ महिने ति दुधे वालकलाई लक्ष्मीले तल विस्तरामा सुताउन लागेकी थिईन् । त्यसै अगेनाको छेउमा उनको शव फेला परेको थियो भने त्यसको नजिकै श्रीमान झुण्डीएको अवस्थामा मृत फेला परेका थिए । ति दम्पत्ती तिन महिना अघि मात्र भारतको सिलाङ्गको रोजगारीबााट घर आएका थिए । आएको दिन देखि रामुले आफ्ना दुवै मृगौला फेल भएको तर उपचारका लागि परिवार र आफन्तजनले सहयोग नगरेको भन्दै निरासा पोख्दै आई रहेका थिए ।
झुण्डीएको अवस्थामा फेला परेका श्रीमानको मुहार र शरिरमा पनि चिथोरिएको घाउ देखिनु र श्रीमतिको मुहार र घाँटीमा पनि निला डाम देखिनुले दुवै जनाको कुटपिट लामै समय चलेको र त्यसको क्रममा श्रीमतिको मृत्यु भए पछि श्रीमानले आत्मा हत्या गरेको आशंका परिवारजनल े गरेका छन् । मृतक दम्पत्तीका अहिले साँझ रिडीमा एकै साथ दाह संस्कार गरिदै छ । उनका १३ वर्षिय छोरा दागवत्ती दिन पुगेका छन् । मृतक रामु नेपाली त्यस परिवारका एक मात्र छोरा थिए ।