मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

३० जेष्ठ, बिराटनगर । मोरङको डाइनिया-७ मा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक बिराटनगर १६ बस्ने २३ वर्षीय देवराज सहनीको निधन भएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वषर्ीय ठोकर कामतको पनि मृत्यु इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
बिहान करिब ३ बजे आमबारीबाट बिराटनगरतर्फ आउँदै गरेको को २० प ५५२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
गम्भीर घाइते भएका दुबै जनाको उपचारका लागि बिराटनगरतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।