जेलभित्रै सुन्दरी प्रतियोगिता (फोटो फिचरसहित)
विभिन्न अपराधकर्ममा संलग्न कुख्यात अपराधीहरुलाई थुन्ने गरिएको मेक्सिकोको तिजुआनास्थित बाजा क्यालिफोर्निया स्टेट जेलमा कैदी युवतीहरुबीच हालै सौन्दर्य प्रतियोगिताको आयोजना गरियो ।
कैदीहरुको पुनस्र्थापना कार्यक्रमको एक भागको रुपमा जेल व्यवस्थापनले कैदीहरुबीच यस्तो प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
प्रतियोगितामा २१ जना कैदी युवतीहरुले अन्तिम स्पर्धाको लागि हप्तौँसम्म तालिम तथा सिँगारपटारमा बिताए । प्रतिस्पर्धी कैदी युवतीहरुमध्ये कोही लागुऔषध, कोही चोरी तथा कोही हत्या लगायतका अपराधमा कैद भुक्तान गरिरहेका हुन् ।
कैदीले लगाउने सनातनी पोषाको साटो चम्किलो गाउनमा प्रस्तुत भएका कैदी सुन्दरीहरु हेर्दा ती कुख्यात अपराधी हुन् भन्ने अड्कल काट्न गाह्रो हुन्छ । कडा सुरक्षा घेराभित्रको जेलको परिसरमा उनीहरुको क्याटवाक हेर्दा कुनै व्यवसायिक मोडेलको भन्दा कम्ता थिएन ।
जेलमा परेका आफ्ना छोरीचेलीहरुको सौन्दर्य प्रतियोगिता हेर्नका लागि उनीहरुका परिवारलाई समेत जेलभित्र प्रवेश दिइएको थियो ।
प्रतियोगिताकेा पहिलो चरणमा कालो पोषाकमा सजिएका उनीहरुलाई स्टेजमा नाच्नको लागि निम्त्याइयो । दोश्रो चरणमा परम्परागत मेक्सिकन पोषाकमा प्रस्तुत भएका सुन्दरीहरु अन्तिम चरणको स्पर्धामा बलगाउनमा प्रस्तुत भए ।
जेलका उपनिर्देशकका अनुसार सौन्दर्य प्रतियोगिताको आयोजनामा जेलका १ सय ३० कैदी बन्दीहरुले सहयोग गरेका थिए ।
जेलका उपनिर्देशकका अनुसार सौन्दर्य प्रतियोगिताको आयोजनामा जेलका १ सय ३० कैदी बन्दीहरुले सहयोग गरेका थिए ।
जेलमा सामाजिक पुनस्र्थापनाको एक भागको रुपमा यो सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको भन्दै उनले यसको उद्धेश्य महिलाको आत्मगौरवमा वृद्धि गर्नु तथा आफ्नो मूल्यबोध गराएर मुक्तिपछिको जिवनयापनका लागि तयार पार्नु रहेको दाबी गरे ।