सुनको ट्वाइलेट देखाए राष्ट्रपतिले राजिनामा दिने

Recep-Tayyip-Erdoganकुनैपनि देशका राष्ट्रपतिले आफ्ना विपक्षी दलहरुलाई सुनको ट्वाइलेट देखाएर प्रमाणित गर्न लगाएको घटना सुन्नुभएको छ ? सायद यस्तो कुरा अहिलेसम्म सुन्न पाइएको थिएन । तर टर्कीका राष्ट्रपतिले भने आफ्नो सुनको ट्वाइलेट देखाइदिन विपक्षीहरुलाई चुनौति दिएका छन् ।
निकै विलासी जिन्दगी बिताएको र राज्यकोष उडाइरहेको भन्ने आरोप विपक्षीहरुले लगाएपछि राष्ट्रपति ताइप इर्डोगानले आफ्नो दरबारमा एउटामात्रै पनि सुनको ट्वाइलेट विपक्षीहरुले देखाउन सके आफुले राजिनामा दिने घोषणा गरेका छन् ।
आगामी जुन ७ मा हुने संसदको चुनावको पूर्वसन्ध्यामा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीका नेता केमल किलिच्डारोग्लूले चुनाव प्रचारका क्रममा राष्ट्रपतिमाथि राज्यकोषको दुरुपयोग गरेको, नयाँ जहाज, महंगा गाडि तथा सुनकै ट्वाइलेट किनेको आरोप लगाएका थिए ।
गएकेा अगष्टमा राष्ट्रपतिमा निर्वाचित भएसँगै एक हजार कोठा भएको भव्य दरबारमा बसाइ सरेसँगै राष्ट्रपति इर्डोगानको जिवनशैलीलाई लिएर आलोचना भैरहेको छ ।
तर राष्ट्रपति इर्डोगानले सरकारी संचारमाध्यमलाई दिएको अन्तरवार्तामा आफुमाथि लागेका आरोपको खण्डन गर्दै भनेका छन्, ‘मैले उनलाई निम्तो गर्छु, आउनुस् म कहाँ घुम्न….मलाई अचम्म लागेको छ,  यदि उनले मेरो कार्यालयमा सुनको ट्वाइलेट सिट फेला पारे भने मैले राष्ट्रपतिको पदबाट राजिनामा दिन्छु ।