सलमानलाई सघाउँदै शाहरुख

Sarukh-and-salman
मुम्बई । ‘हिट एण्ड रन’ रनको मामलामा अदालतवाट राहत पाएका अभिनेता सलमान खानले सहकर्मी एवं प्रतिस्पर्धी नायकवाट पनि राम्रै सहयोग पाएका छन् ।
पछिल्लो पटक सलमानको जीवनमा उत्साह भर्ने काम गरेका छन् शाहरुख खानले ।
शाहरुख र सलमान कुनै बेलामा कट्टर दुष्मन जस्ता मानिन्थे । सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा एक अर्कासँग बोल्न समेत गार्‍हो मान्ने यी नायक पछिल्लो केही समय यता एउटै मञ्चमा गफिँदै गरेको भेटिन थालेका छन् ।
सलमानले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘बजरंगी भाईजन’ को फष्टलुक आफ्नो ट्वीटरमा पोष्ट गरेपछि उनीहरुको पछिल्लो दोस्तीका वारेमा विभिन्न टिका टिप्पणी सुरु भएको छ बलिउडमा ।
भारतीय समाचार संस्थाले जनाए अनुसार शाहरुखले उक्त फिल्मको गीत ‘सेल्फी ले ले रे हेरेपछि सलमानको प्रसंसा गर्दै ट्वीटरमा तस्बिर पोष्ट गरेका थिए ।
शाहरुखको उक्त ट्वीटपछि अत्याधिक खुसी भएका सलमानले शाहरुखलाई गीत हेर्न बोलाएका थिए । आउँदो इदको अबसरमा रिलिज हुने बजरंगी भाईजान अहिलेसम्म प्रतिक्षाको फिल्म बनेको छ ।