नायक जीवन लुइटेललाई पुत्री लाभ भएपछि जीवन खुबै खुशी जीवनले भने ...

असार ०७ , नायक जीवन लुइटेललाई पुत्री लाभ भएको छ । उनकी श्रीमती अन्जली शर्माले आज बिहान ८ बजेर ४५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन् । पाटन अस्पतालमा छोरीको जन्म भएपछि जीवन खुबै खुशी देखिएका छन् ।
अनलाइनखबरसँग जीवनले भने-‘छोरी र आमाको स्वास्थ्य एकदमै ठिक छ । म धेरै खुशी छु ।’ उनले अब सन्तानको चाहना पुगेको बताए । ‘एक छोरा एक छोरी, दुबै बराबरी भएपछि अब पूर्ण रुपमा पिता भएजस्तो लाग्यो’, जीवनले भने ।
१८ महिना अगाडि छोरालाई जन्म दिएकी अञ्जलीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल ३ केजीको रहेको जीवनले बताए । ‘छोरा हृजान ठूलो भएपछि छोरीको चाहना थियो, त्यो पुरा भयो’, जीवनले भने । अनलाइन खबरबाट