बिरालो ले यसरी बचायो बालक लाइ हेर्नुहोस भिडियो सहित

'हिरो अफ द डग' को अवार्इ दिइयो
एजेन्सी : नेपाली समाजमा कुकुर र बिरालोलार्इ परम्परागत शत्रु मानिन्छ । यी दुर्इ जनावरबीचको शत्रुता अहिले पनि चलिरहन्छ । अपवाद बाहेक एकले अर्कोलार्इ देख्नेवित्तिकै जाइ लागिजान्छन् ।

तर अमेरिकाको लसएन्जल्समा भने एउटा अनौठो घटना भएको थियो । सडकमा साइकल लिएर खेलिरहेका एक ४ वर्षीय बालक जेर्रेमीमाथि कुकुरले अचानक आक्रमण गर्न पुग्यो ।
साइकलमा सवार बालकलार्इ झम्टेको कुकुरले टोकेर खुट्टामा समात्दै घिसार्न थालेपछि बालकको ज्यानको रक्षा गर्न अचानक बिरालो पुग्यो ।

साइकलसहित घिसार्दै गरेको अवस्थामा एउटा घर पालुवा बिरालोले सेकेन्डभरमै कुकुरमाथि धावा बोल्यो । बालकलार्इ घाइते बनाइसकेको कुकुरमाथि आक्रमण गरी बिरालोले बालकलार्इ फुत्काउन सफल भयो ।

करिब ३ सेकेन्डको बीचमा तारा नामको बिरालोले कुकरमाथि धावा बोलेर घाइते अवस्थामा बालकको ज्यान बचाउन सफल भयो ।

सिसिटीभीमा कैद गरिएको भिडियोमा कैलिफोर्नियाको बेकर्सफिल्डमा बालक घर अगाडि सडकमा साइकल चलाइरहेका थिए, तब छिमेकीको कुकुरले अचानक पछाडिबाट झम्टेको दृश्य देखाइएको छ ।
कुकुरले ४ वर्षीय बालकलार्इ हमला गरेको देख्नेबित्तिकै बिरालोले झम्टिँदा कुकुर भाग्न बाध्य भएको थियो । बिरालोले बच्चालार्इ कुकुरबाट छुटाएलगत्तै बालककी आमा घटनास्थलमा पुगेकी थिइन् । तीन सेकेन्डमात्रको आक्रमणमा कुकुरले बालकलार्इ दुर्इ ठाउँ टोक्न भ्याइसकेको थियो ।

बालकलार्इ कुकुरबाट बचाउने बिरालोलार्इ 'हिरो डग' अवार्ड प्रदान गरिएको छ । यसअघि कुकुरलार्इ प्रदान गरिने यो अवार्ड पहिलो पटक यो बिरालोलार्इ दिइएको छ ।
लस एन्जल्स एनिमल सेल्टर संस्थाले बिरालोलार्इ यो अवार्ड दिएको हो । कुकुरलार्इ दिइने अवार्ड बिरालोलार्इ दिइएको यो अवार्ढमा 'हिरो बिरालो' नाम लेखिएको छ ।

कुकरले टोकेपछि घाइते भएका बालकलार्इ तत्कालै अस्पताल लगेर टाँका लगाइ उपचार गरेपछि ठीक भएका थिए । सन् २०१४ मा भएको यो घटनामा बिरालोको बहादुरीलार्इ सम्मान गर्दै कुकुरलार्इ दिइने अवार्ड प्रदान गरिएको हो ।

हालसम्म बालकलार्इ बिरालोले कुकुरबाट बचाएको यो भिडियो यु ट्यूबमा ६५ लाख बढी मानिसले हेरिसकेका छन् ।