चिट्ठी लेखेर एक महिला जापानको सेन्दाईबाट वेपक्ता(चिट्ठी सहित) -
जापानको मियागी राज्यको राजधानी सेन्दाई नजिकको आवबा शहरमा वस्दै आएकी देवमाया राई
शनिवारबाट वेपक्ता भएकी छन ।
घरबाट निस्कनु अघि चिठी लेखेर विहानबाट वेपक्ता भएको श्रीमान रेवत राईले बताए । विहान करिव सात वजेदेखि सम्पर्क विहिन भएकी देवमाया कोठामा एक्लैवस्दा दिक्दार लागेकोले नयाँ पाईला चाल्नै भन्दै कोठाबाट बाहिरिने व्यहोराको पत्र लेखेर छाडेकी थिईन ।
घरबाट निस्कदाँ साथमा चक्कुपनि लिएर गएकाले श्रीमान रेवत यतिवेला चिन्तामा परेका छन । पत्निको खोजीका लागि रेवतले प्रहरीमा उजुरी दिएको भएपनि हालसम्म कुनै खवर आएको छैन ।
देवमाया वेपक्ता भए लगत्तै सेन्दामा रहेका नेपालीहरुले समेत खोजी जारी राखेका छन । सेन्दाईको आवबा शहरमा विद्यार्थी भिषामा आएका रेवत राईले डिपेन्डेन्ट भिषामा देवमायालाई एक महिना अघिमात्र जापान ल्याएका थिए । देवमायाको खोजीकार्यमा संलग्न तेज अर्यालले सहयोग गर्न सवैमा अनुरोध गरेका छन । उनको बारेमा कुनै जानकारी भएमा ०८०३५५७८२३३ मा अर्याललाई खबर गर्न पनि अनुरोध गरिएको छ।
वेपक्ता देवमायाले लेखेको चिट्ठी जस्ताको तस्तै :