छात्रामाथी यौन दुव्र्यावाहार गरेको शिक्षक प्रहरी कार्यालयमा।

कमल पौडेल २९ जेष्ठ २०७२÷बागलुङ (खर्वाङ) बुधवार आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन जन्य दुव्र्यावाहार गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय आँपचौर इन्द्रेगौडा गुल्मीमा कार्यरत शिक्षक कृष्ण घिमिरेलाई विहिवार नियन्त्रणमा लिई शुक्रवार तम्घास पुर्याएको छ । बुधवार कक्षा १० मा अध्ययनरत छात्रा विद्यालयमा विरामी परेपछि उपचार गर्ने वाहानामा यौन दुव्र्यावहार गरेपनि विद्यालयमै घटनालाई थाम थुम गर्ने कोशिस गरिएको परिवारले जानकारी दिएको छ । परिवारका अनुसार विद्यालयमा विरामी परेकी छात्रालाई साथि सहित छुट्टै कोठामा लगिएको र साथीलाई वाहिर निकालि ति शिक्षकले संवेदन शिल अंगहरु चलाउँदै यौन दुव्र्यावहार गरेको तर घटनाको छात्राले विरोध गरेपछि प्रधानाध्यापक सहित भएको छलफल वाट आइन्दा त्यस्तो व्यावहार नगर्ने तर घटना वाहिर नलाने सल्लाह समेत भएको वालिकाले वताएकि छन् । वुधवार साँझ वालीका घरमा गई नवोलि रोई रहेपछि आमाले सोध्दा घटनाको वारेमा वताएपछि मात्रै घटना वाहिर आएको हो । त्यसपछि आक्रोसित वनेका अभिभावक विहिवार विद्यालयमा पुगी घेराहाले पछि घटनाले थप रुप लिएको थियो । त्यसपछि विद्यालय व्यावस्थापन समिति, शिक्षक अभिभावक संघ समेतको सहभागितामा निज शिक्षकलाई विद्यालयवाट निलम्वन गर्ने, र आवश्यक कार्वाहि अगाडि वढाउने सहमति भएको थियो । घटना को अनुसन्धानको लागी प्रहरी चौकी मजुवामा खवर गरिएपछि प्रहरी घटना स्थलमा आइपुगेको थियो । घटनाका आरोपि शिक्षक घिमिरे विहिवार विद्यालयमा गएका थियनन्। उनले काठमाडौं जानुपर्ने काम भएको ले विद्यालयमा आउन नसकेको जानकारी गराएको वुझिएको छ । प्रधानाध्यापक डिल वहादुर अधिकारीले घिमीरेलाई फोन गरि विद्यालयमा वोलाएपनि खर्वाङवाट काठमाडौंको लागी टिकट काटेको वताएपछि बागलुङको खर्वाङ नजिकैवाट खर्वाङ प्रहरीले पक्राउ गरी मजुवा प्रहरीलाई जिम्मा लगाएको थियो । प्रक्राउ गर्ने क्रममा घिमिरे निकै हतास र आत्तिएको अवस्थामा भेटाएको खर्वाङ प्रहरीले जनाएको छ । त्यसपछि घिमिरेलाई मजुवा प्रहरी हुँदै शुक्रवार जिल्ला प्रहरी कार्यालय तम्घास पुर्याईएको छ । जिल्ला प्रहरी कार्यालय तम्घासले घटनाको अनुसन्धानको लागी पिडित पक्षलाई शुक्रवार नै तम्घास वोलायपनि, विद्यालयका विभिन्न समिति र स्थानिय अभिभावकहरुले घटनाको वारेमा जानकारी दिन विद्यालयका प्रधानाध्यापक सहित जाने सल्लाह भएको र परिवारका सदस्य शुक्रवार नै तम्घास जान हिँडेपनि प्रधानाध्यापक डिल वहादुर अधिकारीले आफु विरामी भएको जानकारी गराएकोले संगै जानको लागी नगएको र आइतवार जाने परिवार श्रोतले जानकारी दिएको छ । उता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख हिमालय प्रसाद श्रेष्ठले विद्यालय संग घटनाको कुनै साइनो प्रहरीलाई थाहा नहुने भन्दै पिडित पक्ष संग को छलफल पछि मात्रै थप कुरा भन्न सकिने वताउनु भएको छ । श्रेष्ठले को शिक्षक हो या होइन प्रहरी ले नचिन्ने र प्रहरीको घटना संग मात्रै सम्वन्ध हुने भन्दै पिडित पक्षलाई आइतवार वोलाईएको जानकारी दिनुभएको छ । यता स्थानियले घटना प्रति चिन्ता व्यक्त गरेका छन् । उनिहरुले पिडकलाई कतै कुनै आडमा पूर्ण कार्वाहि नहुने हो कि भन्दै पिडकमाथि कडा कारवाहिको माग गरेका छन् । डिएसपी हिमालय प्रसाद श्रेष्ठ संग गरिएको कुराकानी फाइलमा एटेज गरिएको छ । - साभार : गुल्मी टुडे  - See more at: http://www.biswokhabar.com/2015/06/blog-post_699.html#sthash.OGm9WDqV.dpuf