कम सुत्नाले यसकारण बढ्दछ मोटोपना

Fat-womenपछिल्लोपटक गरिएको एक अनुसन्धानले पर्याप्त मात्रामा नसुत्दा समेत मानिसमा मोटोपनाको जोखिम रहने तथ्य पत्ता लगाएको छ ।
अमेरिकाको नेब्रस्का लिंकन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार राम्रोसँग सुत्न नपाउँदा मानिसको दैनिक कामकाज त प्रभावित हुन्छ नै त्यसले स्वास्थ्यमा पनि ठूलो असर पूराउँछ ।
अपर्याप्त निद्राले खाना खाने प्रवृत्तिमा गडबडी निम्त्याउँछ । यसले बच्चा देखि वयस्क सबैमा असर पूराउने देखिएको छ ।
निद्रा बिथोलिँदा हर्मोन नियन्त्रण प्रणाली प्रभावित हुने र त्यसले भावनात्मक तनाव बढाउने विज्ञहरुको भनाइ छ । शोधकर्ता इलिसा लिंकन र टिमोथी डी नेल्सनका अनुसार निद्राले मानिसमा सक्रिय रुपमा आहार विहारको शैलीलाई बदलिदिन्छ ।
कम सुत्ने मानिसमा क्यालोरीको खपत बढ्ने तर क्यालोरी दहन हुने प्रक्रिया पर्याप्त सुत्ने मानिसमा जत्तिकै हुने भएकाले अतिरिक्त क्यालोरी सरीरमा जम्मा हुन्छ । यसरी बढि क्यालोरी जम्मा हुँदा मोटोपनामा वृद्धि हुन्छ ।
सुताइ कम हुँदा सरीरको पाचन पद्धति तथा उर्जा दहन प्रक्रिया सुस्त हुने र त्यसबाट क्यालोरीको संचिती बढ्ने विज्ञहरु बताउँछन् । यसो गर्दा कोर्टिसोल हर्मोनको उत्सर्जन बढ्छ र त्यसले झनै भोक समेत बढाउँछ । त्यसपछि मानिसले बढि खानेकुरा सेवन गर्दछ । सरीरमा उर्जाको दहन कम तर खानेकुराको सेवन बढ्नाले मानिसमा स्वतः मोटोपना बढ्ने शोधकर्ताको भनाइ छ ।
कम निद्राका कारण सरीरमा लेप्टिन हर्मोनको उत्सर्जन घट्छ । यो हर्मोनले मानिसलाई पेट अघाएको अनुभुति गराउँछ । तर यो हर्मोनको कमी हुँदा मानिसलाई भोक बढि लाग्छ ।
विज्ञहरुका अनुसार वयस्क मािनसलाई रातमा कम्तीमा साढे ७ घण्टाको निद्रा आवश्यक हुन्छ ।