बाथरुममा ब्रस राख्नुहुन्छ ?तपाईको ब्रश छ भने आजै हटाउनुहोस नत्र पछुताउनुपर्ला!

brush at toilet
दाँत माझिसकेपछि ब्रस सफा गरेर बाथरुमकै ब्रस टोकरीमा राख्ने चलन हुन्छ प्रायः । तर शोधकर्ताहरुका अनुसार बाथरुममा ब्रस राख्नु निकै हानिकारक हुन्छ । बाथरुममा ब्रस राखेर छोड्नाले त्यसमा दिसाका कणहरु टाँसिने सम्भावना ६० प्रतिशत हुन्छ । अझ बाथरुमलाई धेरै जनाले प्रयोग गर्ने हो भने त ब्रसमा टाँसिने दिसाका ८० प्रतिशत कण अरु मानिसकै हुन्छन् । अमेरिकाको कनेक्टिकटस्थित क्विनीपियाक विश्वविद्यालयका शोधकर्ताहरुले साझा बाथरुममा दिसामा हुने कोलिर्फम ब्याक्टेरिया कसरी फैलिन्छ भन्ने बारेमा अध्ययन गरेका थिए । मानिसको दिसामा हुने रडको आकारका कोलिर्फम ब्याक्टेरिया ट्वाइलेटमा फ्लस गर्दा लगायतका बखत हावाको माध्यमबाट फैलिने टुथब्रस लगायतका चिजमा फैलिने पाइएको छ । शोधकर्ता लरेन एबेरका अनुसार आफ्नै दिसा आफ्नो टुथब्रसमा फैलिने मात्र होइन अन्य व्यक्तिहरुको दिसा समेत टुथब्रसमा फैलिने जोखिम रहन्छ, जसमा ब्याक्टेरिया, भाइरस तथा परजिवीहरु समेत हुन्छन् । यसरी दाँत माझ्ने ब्रसमा टाँसिएका ती हानिकारक ब्याक्टेरिया, भाइरस तथा परजिवीहरु दाँत माँझ्ने क्रममा मानिसको मुख हुँदै सरीरभित्र प्रवेश गर्दछन् ।