६ वर्षे बालकले चुस्छन् सर्पको बिष, १७५ जनाको ज्यान जोगाइसके

पन्जाब । भारतको पन्जाबस्थित नंगलका एक बालक कक्षा १ मा पढ्छन् । 

उनी सर्पको विष चुस्छन् भन्ने कुरा कमैले विश्वास गर्छन् । तर, यी बालकले सर्पको विष चुसेर १७५ जनाको ज्यान जोगाइसकेका छन् ।


उनका बुवा राजेन्द्र कुमारका अनुसार हालै मात्र एक २३ वर्षे अमरीक सिंहको ज्यान उनले जोगाए । 


आफ्नो छोरा तरुणले यसरी सर्पको आक्रमणमा परेकाहरुको ज्यान जोगाएर आफै चर्चित भएकोमा रजेन्द्र दंग छन् ।–एजेन्सी