डर लाग्दो मृत्यु दण्ड ...हेर्दा हेर्दै आइएसले पाँच बन्धकलाई पिंजडामा राखेर यसरी डुबाए सबै को माझ ....


फोटो :डेलिमेल
काठमाडौं: क्रुर हत्याको लागि आइएस आतंककारी समुहको नाम अग्र स्थानमा पर्दछ ।  केही महिना अघि सोही समुहले एक युद्ध विमान चालकलाई फलामे पिंजडामा थुनेर आगो लगाई हत्या गरेपछि विश्वभरबाट आलोचित भएको थियो । 
 
विरोध र आलोचनाको कुनै परवाह नगर्ने सो समुहले फेरिपनि एक समुहको क्रुर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । इस्लामिक स्टेटको माग राख्दै आतंक मच्चाइरहेको सो समुहले हालै इराकमा ५ जनालाई पिंजडामा राखेर जिउदै पोखरीमा डुबाएर हत्या गरेको डेलिमेलले लेखेको छ ।  
 
जासुसी गरेको आरोपमा उनिहरुको हत्या गरिएको बताइएको छ । पानीको मुल्य महंगो सो स्थानमा आधुनिक क्यामराले रेकर्ड गरिएको भिडियो आइएसले सार्बजनिक गरेको हो ।