भूकम्पमा ज्यान गुमाए हरुका दिवंगतआत्माको शान्तिका लागि हजारौं बेलुन उडाइने
काठमाडौं : विनाशकारी भूकम्पमा ज्यान गुमाएका दिवंगत आत्माहरुको सम्मान र शान्तिका लागि अन्नपूर्ण मिडिया नेटवर्कले आगामी शनिबार वृहत् कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा राजनीति, प्रशासन, न्याय, सुरक्षालगायतका विभिन्न क्षेत्रका विशिष्ट अधिकारी, कलाकार, खेलाडी, व्यवसायी, नागरिक समाज, पेसाकर्मी तथा सर्वसाधरणको सहभागिता रहने छ।
भूकम्प परी ज्यान गुमाएकाहरुको आत्माको सम्झना, शान्ति र सम्मानका लागि यस्तो कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख संचालन अधिकृत हरी गौचनले बताए।
कार्यक्रममा सहभागी हरेकले दिवंगत आत्माको सम्मान र सम्झनामा एउटा बेलुन उडाउने कार्यक्रम छ । वैशाख १२ गते शनिबार ११.५६ बजे गएको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा परी झन्डै नौ हजार जतिले ज्यान गुमाइसकेका छन्।

कार्यक्रम तथा सहभागितासम्बन्धी केही बुझ्नु परेमा विकास श्रेष्ठ 9851166747, अनुज श्रेष्ठ 9808191373 र राहुल मास्के 9813533803 मा सम्पर्क गर्न सकिने छ।