गोरखामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना,

simrik_air_helicopter_Crash
  • सिम्रिक एयरको दुर्घटनाग्रस्त हेलिकोप्टर
७ असार, गोरखा । गोरखाको साम्दोमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा आगो लागे पनि त्यसमा सवार सबै पाँचैजना सकुशल छन् ।
भूकम्प पीडितहरुका लागि औषधि र स्वास्थ्यकर्मी लिएर काठमाडौंबाट साढे ९ बजे हेलिकोप्टर गोरखाको साम्दोका लागि उडेको थियो ।
विहान सवा ११ बजे हेलिकोप्टर अवतरण गर्दा ढुंगा उछिटि्टएर पछाडिको भागमा लागेको र जलेर क्षति भएको सिम्रिक एयरका सिफ्ट म्यानेजर डिबी वलीले अनलाइनखबरलाई जानकारी दिए ।
‘अवतरण गर्दा दुर्घटना भएको जानकारी आएको छ, सबै जना सकुशल हुनुहुन्छ,’ वलीले भने, ‘थप जानकारी आउने क्रममा छ ।’
उनले दुर्घटनास्थलमा प्राविधिक टोली पठाइसकेको र परीक्षणको काम भैरहेको जानकारी दिए ।
हेलिकोप्टर सुरेन्द्र पौडेलले उडाएका थिए । क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जनालाई मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।