फेरी गयो दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


काठमाडौँ,  असार १० - झन्डै तीन घण्टाको फरकमा आज राती नै भुकम्पको अर्को परकम्प गएको छ ।  राति ११ बजेर ४९ मिनेट जाँदा ४.१ रेक्टर स्केलको परकम्प दोलखा केन्द्रविन्दु भएर गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राती ९ बजेर ७ मिनेट जादा नुवाकोट केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । आज अहिलेसम्म यसलगायत २ वटा परकम्प गएका छन् ।

यसअघि हिजो दिउसोँ झन्डै ३ बजेतिर सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको परकम्प गएको थियो । यससंगै अहिलेसम्म ४ रेक्टर माथीका ३ सय २९ वटा परकम्प गइसकेका छन् ।

भूकम्पका परकम्प पछिल्लो समय कम भएपनि रोकिएका छैनन् । भूकम्पका परकम्प जानेक्रम नरोकिएपनि त्यसबाट नआत्तिन विज्ञहरुले सुझाव दिदै आएका छन् ।