यी १० शारीरिक लक्षणहरु देखिनासाथ साबधानी अपनाउनुहोस्

यी १० शारीरिक लक्षणहरु देखिनासाथ साबधानी अपनाउनुहोस् यी १० शारीरिक लक्ष्णहरु देखिनासाथ साबधानी अपनाउनु पर्छ शरीरमा देखापर्ने १० लक्षणहरु जसले तपाई स्वस्थ हुनुहुन्न भन्ने संकेत गर्दछ । मानव शरीर एउटा जटिल मसिन जस्तै हुन्छ जसको सेवा र मर्मत दैनिक रुपमा गरिरहनु पर्छ । आज हामी तपाईको शरीरले तपाई समक्ष पठाउने लक्ष्णहरुलाई कसरी पहिचान गर्ने भन्ने बारे जानकारी गराउँदै छौं । हामीले १० लक्ष्णहरुलाई पहिचान गरेका छौं जसले शरीरमा संभावीत समस्याहरुका बारेमा सुचना दिन्छ र यस्ता अवस्थाहरुलाई किन बेवास्ता गरिनु हुन्न भन्ने पनि बुझ्नु जरुरी छ ।
 १. ४० वर्ष पुग्नु अगावै कपाल सेतो हुनु कपाल सेतो हुनु एक प्राक्रितिक घटना हो र यो अक्सर गरि वंशानुगतका कारणले हुने गर्छ । तर यदि तपाईको उमेर ३० वर्षको हाराहारीको छ र तपाईको ५० प्रतिशत कपाल सेतो भैसकेको छ भने संभवत तपाईले थाहै नपाउने गरि तपाईको शरीरमा मधुमेहले आक्रमण गरेको हुन सक्छ । यस्तो हो भने आफ्नो पारिवारीक इतिहासको बारेमा जानकारी प्राप्त गरेर ढुक्क हुनुहुन अनुरोध गर्दछौं ।
 २. जन्मजात चिन्ह शरीरको बिभिन्न अंगहरुमा देखापर्ने धरैजसो कोठीहरु हानिकारक हुंदैन तर कुनै कुनै भने अति हानिकारक हुन्छन्। तिनीहरुमा पनि घामका कारणले शरीरमा उत्पन्न हुने मुसा तथा कोठीहरु अति हानिकारक हुन्छ । सेनाइल तथा एक्टिनीक केराटोसिस जुन सूर्यको किरणका कारण शरीरका बिभिन्न भागमा उत्पन्न हुन्छ, त्यस्ता समस्यालाई छाला जन्य क्यान्सरको सुरुवाती अवस्था भन्ने बुझ्नु पर्छ ।
 ३. आँखा सेतो हुनु अनिदो तथा रुघाका कारण बाहेक पनि यदि तपाईको आँखा सेतो हुदै गएको छ भने तपाईको शरीरमा पक्कै पनि खतरनाक प्रकारको समस्याहरुले घर बनाउँदै छ भन्ने बुझ्न जरुरी छ । आँखा पहेलो सेतो हुनु भनेको जन्डीस, कलेजो अथवा गलब्लाडर संबन्धी समस्याहरुले शरीरमा आक्रमण गरेको छ भन्ने बुझ्नु पर्छ । आँखा रातो सेतो हुनु भनेको उच्च रक्तचाप तथा आँखा संबन्धी नराम्रो रोग जस्तै कनजंक्टीभाइटिस भएको बुझ्नु पर्छ।
 ४. ओठ च्यापच्याप हुनु तापक्रम र हावामा परिवर्तन आयो भने यस्तो हुन्छ । तर, यदि तपाईको ओठका किनाराहरु प्रायजसो फाट्ने गरेको छ र यसका कारणले हल्का पीडा पनि महसुस गरिरहनु भएको छ भन, यस्तो अवस्थामा तपाईको शरीरमा भिटामीन बी र जिंकको समस्या छ भन्ने बुझ्नु पर्छ ।
 ५. घांटी सुनिएको छ भने यदि तपाईको घांटी सुनिएको छ भने जति सक्दो आफ्नो डाक्टरलाई भेटी हाल्नुहोस् । आफ्नो घांटी अगाडीको भागलाई धेरै ख्याल गर्नुहोस् किनिकि यसले थाइराइड निम्त्याउन सक्छ । २०-५० वर्षउमेरका महिलाहरुमा यो समस्या प्रायजसो देखिने गर्छ ।
 ६. आँखीभौ हराएर जानु उमेर बढदै गएपछि आँखीभौ हराउँदै जान्छ तर अचानक रौं झर्ने तथा हराउँदै जानु भनेको बिभिन्न प्रकारका थाइराइड तथा उच्च रक्तचाप को संकेत हो । यस्ता समस्याहरु प्रायजसो कपाल झर्दै गएपछि देखा पर्न थाल्छ ।
 ७. हतकेला रातो हुनु यस्ता छाला संबन्धी समस्याहरु धातु, औषधी, केही प्रकारका खानेकुरा, पेय पदार्थका कारण हुने गर्छ । धेरै परिश्रम तथा कलेजोमा समस्याका कारण हतकेला रातो हुने गर्छ ।
 ८. नङमा परिवर्तन आउनु नङमा परिवर्तन आउनु भनेको बिभिन्न समस्याको संकेत हो ।
 ९. पाइताला चिसो भैरहनु पाइताला तपाईको मुटु देखि सबैभन्दा टाढा रहेको शारीरिक अंग हो र कुनै पनि मुटुजन्य समस्या सबैभन्दा पहिले यसै अंगको परिक्षण गरेर पत्ता लगाइन्छ । तर मुटुमा केही समस्या भएको खण्डमा हात खुट्टाका औलाका, नाक र कानका नशाहरु दह्रो हुँदै जान्छ जसका कारण यी अंगहरु लगायत पाइताला पनि चिसो, फुस्रो तथा लाटो भएर जान्छ ।
 १०. अनुहार रातो हुनु ३०-५५ वर्ष उमेर पुगेका महिलाहरुको अनुहारमा परिवर्तन देखा पर्नु भनेको सामान्य कुरा हो । यस्ता समस्याहरु हर्मनको गडबड, तापक्रममा परिवर्तन र तातो खानेकुरा खानाले हुनेगर्छ । कुनैकुनै महिलाको गाला रातो हुने गर्छ जसको उपचार अझै पनि असंभव छ । यो के कारणले हन्छ भन्ने कुराको पत्तो हालसम्म पनि लाग्न सकेको छैन ।