आज :मिति:२०७२ आशाद ७ सोमबार >> तपाईको आजको राशिफल हेर्नुहोस

  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    काममा सफलता प्राप्त गर्न प्रतिस्पर्धा गर्नुपर्नेछ। आलोचना बढ्नेछ। कुरा काट्ने प्रशंसा गर्न थाल्नेछन्। हर्ष बढ्नेछ। यात्रा हुनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    लेखनकार्यमा मन जानेछ। मनमा उत्साह बढ्नेछ। न्यायिक कार्यमा उल्झन आउनेछ। भाग्य कमजोर रहेको हुँदा कार्यमा अवरोध हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    धार्मिक भावनाको विकास हुनेछ। अनावश्यक समस्याले सताउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। लक्ष्मी प्राप्ति हुनेछ। स्फूर्ति बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अधुरा कार्य पूरा हुनेछन्। नवीन कार्यको थालनी हुनेछ। मानसिक अस्थिरता रहनेछ। व्यापारव्यवसायमा मध्यम रहेनेछ। उदासीनता बढ्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    धर्ममा रुचि बढ्नेछ। अग्निभयको सम्भावना छ। राजनीतिक परिवर्तन हुनेछ। मानसिक नैराश्य बढ्नाले कार्य असफल रहनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    भाग्यले साथ दिनेछ। धनलाभ हुनेछ। काममा सुधार आउनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    सम्मान प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। अरूको मन जित्न सकिनेछ। सामाजिक कार्यमा गरिएका प्रयास फलदायी रहनेछन्।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बोलीको प्रभाव बढ्नेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। लेनदेना विवाद बढ्नेछ। विश्वास गरेकाले धोका दिनेछन्।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    शारीरिक कमजोरी र मानसिक चञ्चलता बढ्नेछ। न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    अध्ययनअध्यापनमा मन जाने छैन। स्वास्थ्यमा आंसिक सुधार हुनेछ। सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। अनावश्यक चिन्ता बढ्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    धनआर्जनमा अवरोध आउनेछ। सूचना आदानप्रदान हुनेछ। बुद्धि बढ्नेछ। अचल सम्पत्ति नाश हुनेछ। मन खिन्न हुनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ। खर्च बढ्नेछ।