योग दिवसमा बने दुर्इ विश्व कीर्तिमान

yoag (5)पहिलो अन्तराष्ट्रिय योग दिवसको अवसरमा आइतबार विश्वका विभिन्न देशमा योगाभ्यास भयो । योगको उद्गमथलो भारतले पहिलो योग दिवसको अवसरमै विश्व कीर्तिमान कायम गर्न सफल भएको छ । त्यो पनि दुर्इदुर्इ वटा ।
भारतको राजधानी नयाँयदिल्लीस्थित राजपथमा आयोजित योगाभ्यासमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ३५ हजार ८ सय ९५ जना मानिसले एकसाथ योगाभ्यास गरी विश्वरेकर्ड कायम गरेका हुन् ।
यति धेरै मानिसले एकै ठाउँमा एकैपटक योगा गरेको यो पहिलो पटक हो । समारोहमा मन्त्रीहरु, कर्मचारी, विद्यार्थी, सैनिक, कलाकार तथा सर्वसाधारण लगायतको सहभागिता थियो ।
उक्त कीर्तिमानी योगा समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगाको एक प्रकार अनुलोम विलोम गरे ।
समाराहेमा सबैभन्दा धेरै मानिसले एकसाथ योगा गरेको एउटा कीर्तिमान मात्र होइन अर्को विश्वकीर्तिमान पनि बनेको छ । त्यो हो योगाभ्यासमा सबैभन्दा धेरै देशका मानिसहरु एकठाउँमा जम्मा भएको ।
आइतबार राजपथमा आयोजित योगाभ्यासमा ८४ देशका मानिसहरु सहभागी थिए । ३५ मीनेट सम्म चलेको योगाभ्यासका लागि भारत सरकारले ३० करोड भारु खर्च गरेको थियो ।
राजपथ योगाभ्यासलाई अवलोकन गर्नका लागि गिनिज बुकका अधिकारीहरु पनि उपस्थित भएका थिए ।
अन्तराष्ट्रिय योग दिवसको अवसरमा आइतबार विश्वका मानव बसोबास भएका ६ वटै महादेशका विभिन्न २ सय ५१ वटा सहरमा योगाभ्यासका कार्यक्रमको आयोजना गरिएको छ । त्यसक्रममा दशौँ लाख मानिस योगामा सहभागी भएका छन् ।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गएको वर्ष डिसेम्बरमा गरेको थियो ।
yoag (2)
yoag (3)