हुम्लामा केन्द्र विन्दु बनाए फेरि भूकम्‍पको धक्‍का

earthquake
२० जेठ, हुम्ला । हुम्ला जिल्लालाई केन्द्र विन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार राति आठ बजेर ३३ मीनेटमा सो भूकम्प गएको जनाएको छ ।
तर, हालै निर्मित नेपाल अर्थक्वेक अपडेट एपमा भने सो भूकम्प बुधबार बिहान दुई बजेर १८ मीनेट जाँदा गएको उल्लेख गरिएको छ ।
समय फरक देखाइएपनि भूकम्पको धक्का ४.७ रेक्टरकै भएको दुवैले जनाएका छन् । यो धक्का पराकम्पन नभएर भूकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर बुधबार बिहान दुई बजेर ४५ मीनेट जाँदा ४.१ रेक्टर स्केलको पराकम्प गएको छ ।