विमानमा दिएको खानामा माउसुली भेटिएपछि…..
यति संवेदनशील विषयमा भने एक भारतीय हेल्चेक्रयाइँ गरेको समाचार सार्वजनिक भएको छ । भारतको राजधानी दिल्लीबाट बेलायतको लण्डनका लागि उडेको एउटा जहाजका यात्रुलाई दिइएको खानामा माउसुली भेट्टिएको समाचार सार्वजनिक भएको छ ।
बिहीबार दिउँसो १ बजे दिल्लीबाट लण्डनका लागि उडेको एयर इन्डियाको जहाजका यात्रुलाई दिइएको खानामा माउसुली भेट्टिएपछि सो एयरलाइन्समा हंगामा भएको थियो । विमान उडेपछि परिचारिकाले यात्रुलाई बाँडेको खानामा माउसुली भेटिएको बताइएको छ । खानामा माउसुली देखिएपछि यात्रुले गरेको गुनासो राखेपछि एयर इन्डियाले यो घटनाको छानविन थालेको जनाएको छ ।
