सुन्दर तथा आकर्षक अनुहार बनाउन कागतीको सात प्रयोग अपनाउनुहोस्
सुन्दर तथा आकर्षक देखिन कागतीको सात प्रयोग अपनाउनुहोस् ।
हामी सबैले कागतीको रसकोे प्रयोग खानामा गर्ने गर्छौ । कागतीको रसमा एक प्रकारको आकर्षक मीठास हुन्छ जुन हामी सबैलाई मनपर्छ । धरै मानिसहरु कागतीलाई प्राथमिक उपचारको रुपमा प्रयोग गर्ने गर्छन् । कतिले यसलाई कसमेटिकको रुपमा पनि प्रयोग गर्ने गर्छन् । कागतीले छाला र कपाललाई चम्किलो र किटाणु रहित तथा कसिलो पार्ने काम गर्छ ।
आज हामी तपाईहरुलाई कागतीले मानिसलाई कसरी सौन्दर्य प्रदान गर्छ भन्ने जानकारी गराउँदै छौं ।
१. ओठमा नरमपना ल्याउँछ
ओठ सुख्खा हुनुका धुरै कारणहरु हुन सक्छ । कतिपय अवस्थामा बजारमा पाइने सौन्दर्य सामग्रीका कारण पनि ओठमा सुख्खापन हुन सक्छ । सुत्नुभन्दा अगाडी कागतीको रस आफ्नो ओठमा दलेर सुत्नुहोस् । यसले तपाईको ओठलाई सुख्खाहुन बाट बचाउँछ र ओठलाई नरम बनाइराख्छ । २. काखीको छालालाई आकर्षक बनाउन
कागतीले छाला तथा शरीरमा भएको कालो दाग हटाउने काम गर्नुका साथै यसले डियोडोरान्टको काम पनि गर्छ । कागतीमा गन्ध उत्पादन गर्नेे बाकटेरीयालाई नाश पार्न सक्ने गुण पनि हुन्छ । केही मात्रामा कागतीको रस, मह र जैई लिनुहोस् । मीश्रणलाई एकै ठाउमा मिसाउनुहोस् । अव यो मीश्रणलाई आफ्नो काखीमा दल्नुहोस् । यसलाई एक घण्टासम्म त्यसै छाडि दिनुहोस् । यसरी तपाईको छालामा भएको कालो दाग आपसे आप हराएर जान्छ ।
३. डण्डीफोरका कारण अनुहारमा हुने कालो दागबाट छुटकारा पाउन
कागतीले छाला सफा गर्छ र विषादीलाई मार्नेकाम गर्छ । यसले डण्डीफोरका कारण अनुहारमा बसेको कालो दागलाई समेत चट्ट पार्ने काम गर्छ । आधा कागतीको रस एउटा कचौरामा राख्नुस् । कागतीको रसले अनुहारमा मसाज गर्नुहोस् र यसलाई करिव दश मिनट जति त्यसै छाडिदिनुहोस् ।
उपचार अवधिभर आफ्नो अनुहारलाई घाम नदेखाउनुहोस् किनकि यसले दाग बस्नसक्छ । कागतीमा किटाणु बिरोधी गुण हुन्छ जसले अनुहारमा चिल्लोपना आउन दिदैन ।
४. छालाको राम्रो हेरचाह गर्छ
चिल्लो तथा च्यापच्याप छाला हुनेहरुका लागि कागतीको रस अति लाभदायक छ । कागतीको रसमा कपास तथा कटनको प्याडलाई भिजाउनुहोस् र यसले आफ्नो अनुहार पुछ्नुहोस् । अनुहारमा घाम नलागोस भन्नका लागि यो प्रक्रिया रातमा अपनाउँदा राम्रो । यसले तपाईको अनुहारको छालामा नयाँ चमक ल्याउने काम गर्छ ।
५. नङलाई सफा तथा बलियो बनाउँछ
नङ रेखदेखका लागि कागतीको रस अति उत्तम हुन्छ । यसले नङको दाग हटाउनुका साथै नङलाई बलियो बनाउन मद्धत पुर्याउँछ ।
६. छालामा भएको दागलाई धपाउने काम गर्छ
दाग भएको छाला ओरिपरी कागतकिो रस दल्नुस् र यसलाई १५ मिनेट सम्म छाडिदिनुहोस् ।यसलाई सफा पानीले पखाल्नुहोस् । यसरी गर्नाले तपाईको अनुहारमा भएको दाग हराएर जान्छ र अनुहारमा दागपनि बस्न पाउँदैन ।
७. कपाल चम्किलो तथा हलुंगो पार्न
बिशेषज्ञहरुका अनुसार, कपालको सुरक्षाका लागि कागती भन्दा उत्तम अरु केही हुन सक्तैन । कपालमा केही कागतीको रस दल्नुहोस र केही समय घाममा उभिनुहोस् । तपाईको कपाल हलुंगो र चम्किलो भएको पाउनुहुनेछ । कपाल सुरक्षित तथा चम्किलो भैरहोस भन्ने चाहनुहुन्छ भने यो प्रक्रिया हप्ताको एक पटक अपनाउनुहोस् ।