जडिवुटि तथा घरेलु उपचार कपाल टाउको दुखेमा◀ ▶(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.
pain
· अपराजिताको जरोको रस दिए आधा कपाल दुख्ने निको हुन्छ ।
· प्रातः सुर्योदय भन्दा पिहिले एक साता सम्म गाईको दहि र भात खाने गरे आधा कपाल दुख्ने निको हुन्छ ।
· गाईको दुधमा सुटो घोलेर दुखेको स्थानमा लेप भैm लगाई दिए एक छिन मै आराम हुन्छ ।
· २५ ग्राम जति नासपातीको रसमा मह वा मिश्री मिलाएर खानाले कपाल दुखेको आराम हुन्छ ।
· एक ग्राम सिंधेनुनको धुलो जिभ्रोमा राखेर पानीले निल्नु र नुनको मसिनो धुलो नस लिए पनि आराम हुन्छ ।
· चारवटा ल्वाङ पानीमा पकाएर त्यो पानी पिए कपाल दुखेको निको हुन्छ ।
· छायामा सुकाएको तुलसीको फुलको धुलो पारेर ५ ग्रामको मात्रा गरी महसित खाएमा आधा कपाल दुखेको निको हुन्छ ।
· वातजन्य कपाल दुखाईमा बकाइनोको पात र फुलको तातो लेप गरेमा फाइदा हुन्छ ।
· तालुमा घिउकुमारीको गुदी राखेमा कपाल दुखेकोमा आराम हुन्छ । गर्मी प्रकृतिको व्यक्तीले सेवन गर्नु हुदैन ।
· मस्तकमा केसरको लेप गरे शिरः शुल हराउछ ।
· मरिचको नसलिए छिक आउँछ, अनि शिरशुल निको हुन्छ ।
· अमलाको चुर्ण गुलाव जलमा मिसाएर लेप गरे कपाल दुखेकोमा आराम ह्न्छ ।
· कपाल दुखेमा अगस्तिको पात र फुलको रस सुँध्नाले रुधा लागेको र कपाल दुखेको आराम हुन्छ ।
· रुधा लागेर कपाल दुखेको भए अकरकरालाई पिसेर राखेमा शीध्र आराम हुन्छ ।
· पिपला मुलको चुर्ण २ ग्राम जति आधा आधा धण्टामा ३ पल्ट चिसो पानी सित खान दिएमा आधा कपाल दुखेको वा शिरः शुल स्वतः हराएर जान्छ ।
· अपामार्गको वीज (विऊ) धुलो पारेर नाकमा नस लिनाले कपाल दुख्ने पुरानो रोग, आधा कपाल दुख्ने,
मस्तिष्कमा जडता आएको र मस्तिष्कमा कफ अडिएर हुने पिडा शान्त हुन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

