मकवानपुरमा चट्याङले लागेर एकको मृत्यु
२१ जेठ, मकवानपुर । मकवानपुरको फापरवारीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान परेको चट्याङले लागेर फापरवारी गाविस वडा ४ का ४८ वर्षका नरबहादुर तितुङको मृत्य भएको हो ।
गम्भीर घाइते उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङले लागेर सोही ठाउँमा ५९ वर्षका जीतबहादुर लोप्चन घाइते भएका छन् ।
जीवराज बख्रेलबाट
जीवराज बख्रेलबाट
