नायिका बनाई दिन्छु भन्दै पोखराको होटेलमा किशोरीमाथि सामूहिक बलात्कार
बाँके, ३० जेठ । चलचित्रको नायिका बन्न खोज्ने एक किशोरी महिना दिन देखि सामूहिक बलात्कारमा परेको खुलासा भएको छ । नेपाली चलचित्रको हिरोइन बनाइदिन भन्दै भारत घर भई हाल कोहलपुरमा बस्ने एक १६ वर्षीया किशोरीलाई एक महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको रहस्य खुलेको हो ।
यही जेठ २५ गते पीडित किशोरीले दिएको जाहेरीमा हिरोइनी बनाई दिन्छु भन्दै तीन युवकले महिना दिनदेखि आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उल्लेख गरेकी कोहलपुर प्रहरीका डिएसपी जनकबहादुर शाहीले मिडिया एनपीलाई जानकारी दिए ।
हिरोइन बनाइदिने भन्दै होटलमा बन्धक बनाइ ती किशोरीलाई बलात्कार गर्ने तीन जना मध्य रावल सिंह र राजा सिंहलाई शुक्रबार पोखराबाट कोहलपुर प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए । अर्का फरार आरोपी सिमान्त जामुनको खोजीकार्य भइरहेको पनि डिएसपी शाहीले जानकारी दिए ।
पोखरामा सुनचाँदीको पसल गर्ने ती तिनै जना आरोपी भारतीय नागरिक रहेको पनि शाहीले बताए । किशोरीलाई गएको बैशाख ३० गते हिरोइन बनाउने भन्दै कोहलपुरबाट हिँडेकी ती किशोरीलाईबीच बाटोमै बिहोस हुने औषधि खुवाएर बलात्कार गर्दै होटलमा बन्धक बनाइएको पाइएको छ । तीन युवकको बन्धकबाट भागेर कोहलपुर आइपुगेकी ती किशोरीले जेठ २५ गते ती तिन जना विरुद्ध उजुरी दिएको डिएसपी शाहीले मिडिया एनपीसँगको कुराकानीमा बताए ।
हिरोइन बनाई दिन्छु भन्दै ललाईफकाई गरी साथमा लिएपछि उनीहरुले एक महिना सम्म बन्धक बनाई सामूहिक बलात्कार गरेको खुल्न आएको छ । हिरोइन बनाई दिने सपना देखाएर किशोरीलाई उनीहरुले पहिलो दिनमै बाँके राष्ट्रिय निकुञ्जमा लगेर औषधि खुवाएर बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

