८६ तोला सुन लिएर भागे भारतीय कालीगढ
मिलनचोकमा सुनको गरगहना बनाउने काम गर्दै आएका उनीहरूले स्थानीय सुरेन्द्र दिवालीसहित १० जनाबाट उक्त परिमाणको सुन लिएर फरार भएको उजुरी प्रहरीमा परेको छ। भारत पश्चिम बंगाल घर भएका समिर हजारा, गोपाल भनियासहित १० जना भारतीय कालिगढ फरार छन्।
फरार कालिगढ बारा हुँदै भारत प्रवेश गरिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। बौद्ध प्रहरी वृत्तले घटनाबारे अनुसन्धान थालेको छ। बिहीबार भागेका कालीगढका बारेमा शुक्रबारमात्रै प्रहरीसमक्ष उजुरी परेको थियो।
कालीगढ पीडितसँग बिहीबार १२ बजेसम्म सम्पर्कमा रहे पनि साँझदेखि उनीहरू सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक ऋषि ढुंगानाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।