लिंग प्रत्यारोपण गर्ने दुनियाकै पहिलो पुरुष बाबु बन्दै

penisविश्वमा पहिलोपटक लिंग प्रत्यारोपण गर्ने दक्षिण अफ्रिकाका एक व्यक्ति आफ्नो प्रत्यारोपित लिंगबाटै भएको सहवास मार्फत सन्तानको पिता बन्ने भएका छन् ।
उनको लिंग प्रत्यारोपण गर्ने एक सर्जन एन्ड्रे भान डर मर्वेलाई उधृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार उनकी प्रेमिका गर्भवती भएको ४ महिना जति भएको छ ।
नाम नखुलाइएका २१ वर्षे ती पुरुषले खतनाको कारण आफ्नो लिंग गुमाएका थिए र गएको डिसेम्बरमा चिकित्सकहरुले उनमा दाताको लिंग प्रत्यारोपण गरिदिएका थिए । स्टेलेन्बोच विश्वविद्यालय र टाइगरबर्ग विश्वविद्यालयका शल्यचिकित्सिकहरुले ९ घण्टाको शल्यक्रियामार्फत दाताको लिंग उनमा प्रत्यारोपण गराएका थिए ।
ती युवकले आफ्नी प्रेमिलाई प्राकृतिक सहवासमार्फत गर्भवती बनाउनुको मतलब लिंग प्रत्यारोपण सफल भएको ठहर गर्दै शल्यचिकित्सक भानले आफु यसबाट निकै खुसी भएको बताए ।
नयाँ प्रत्यारोपित लिंगबाट सहवास र मुत्रत्याग दुबै गर्न सक्ने अवस्थामा ती युवक पुगेको भन्दै उनले यो चिकित्सा क्षेत्रमा ठूलो कोशेढुंगा भएको बताए ।
स्मरण रहोस् यसअघि लिंग प्रत्यारोपणको प्रयास चीनमा पनि भएको थियो । प्रत्यारोपण सफल भएपनि पछि प्रत्यारोपित लिंगले काम नगरेपछि त्यसलाई झिकिएको थियो ।
दक्षिण अपि|mकी चिकित्सकले लिंग प्रत्यारोपणमा हासिल गरेको यो सफलतालाई चिकित्सा क्षेत्रमा ऐतिहासिक मानिएको छ । दक्षिण अपि|mका यस्तो देश हो जहाँ विश्वमा सबैभन्दा धेरै पुरुषहरु लिंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा छन् ।
परम्परागत खतना गर्दाको समयमा धेरै पुरुषहरुको लिंगमा क्षति पुगेको तथा लिंग नै गुमेको अवस्था छ । लिंगमा संक्रमण तथा पीडाका कारण खतनाका क्रममा धेरै बालक तथा किशोरहरुको ज्यान समेत जाने गरेको छ