ओलीले भने, ‘बन्द हड्ताल गर्नेलाई आतंकवादीको मुद्दा चलाएर कारवाही गर्नुपर्छ’

काठमाडौं,माघ ११ – एमाओवादी लगायतका प्रतिपक्षी दलले आन्दोलनको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी आलीले भने बन्द हड्ताल गर्नेलाई आतंककारीको संज्ञा दिँदै आतंक मच्चाउनेलाईे आतंककारीको मुद्धा हालेर कारवाही गरिनुपर्ने बताएका छन् ।

सभामुखले प्रश्नावली निर्माण सम्वन्धि प्रस्ताव समिती निर्माण गरेपछि वोलाइएको एमाले संसदिय दलको बैठकमा वोल्दै ओलीले भने ‘ अहिले केही–केहीलाई हनुमान देव चढेको छ तर अवका दिन सहज छैनन् । सभासद्हरु नडराइकन जिल्लामा गएर अभियान चलाउनुस ।’ ओलीले संविधानसभा भित्र र वाहिर दुवैतिर सहमतीको प्रयास गर्दापनी संभव नभएपछि प्रक्रियामा जानुपरेको उल्लेख गरे । विश्वब्यापी मान्यता अनुसार कतैपनि सहमतीमा संविधानस नबेनेको भन्दै ओलीले भने ‘अब प्रक्रियावाटै संविधान निर्माणकार्य निष्कर्षमा पुग्छ ।’ आजको संविधानसभा बैठकमा विपक्षी दलका सभाषद्हरु आफ्नो सिटमा राम्रोसँग नबसीकन ‘गेट सेट गो पोजिशनमा’ बसेको भन्दै ओलीले ‘छातिमाथी माईकले हान्दा पनि हाँस्नुप¥या छ’ भन्दै गितीठट्टा गरेका थिए । कुनै पनि मायाजालले एमालेको पोजिशन चेन्ज नहुने र धम्किले एमाले नडराउने भन्दै ओलीले भने ‘एमाले बाघ हो,विरालाहरुले तर्साउन नखोजे हुन्छ ।’