शक्ति कपुरको निधनको झुटो समाचारले परिवारजन चिन्तित

नयाँ दिल्ली, फागुन ११ – बलिउडमा धेरैजसो कलाकारहरुको निधनको झुटो खबर आउने गर्दछ । यस्तो समाचारले दर्शकहरु त तनावमा हुन्छन् नै यी कलाकारहरुको परिवारले पनि निकै ठूलो समस्या झेल्नु परेको हुन्छ । भर्खरै शक्ति कपुरको निधनको खबरले पनि मिडियामा सनसनी मच्चाएको थियो तर जब भारतीय केहि मिडियाले यसको बारेमा शक्ति कपुरको घरमा फोन गरे तब शक्ति कपुर आफैँले यसको जवाफ हाँसेर दिए । मिडियामा फैलिएको खबरका अनुसार शक्ति कपुर लोनावाला भन्ने ठाउँमा जाने क्रममा बाटोमा नै उनको निधन भएको हो । उक्त खबरले उनको परिवारमा विशेष तनाव पैदा गर्यो । बारम्बार घरमा आएको फोनमा बुवा सकुशल भएको खबर दिँदा सिद्धार्थ र श्रद्धा कपुर विशेष तनावमा रहे । अन्तिममा सिद्धार्थले ट्विटरमार्फत मानिसहरुलाई आफ्नो बुवा ठिक अवस्थामा भएको जानकारी दिए । उनले लेखेका छन्, ‘यो सबै अफवाह हुन् । मेरा बुवा एकदम ठिक छन् । भगवानको कृपाले मेरो बुवाको केहि दुर्घटना भएको छैन । कृपया यसलाई रिट्विट गर्नुहोस् ।