ट्रकले ठक्कर दिँदा बालकको मृत्यु

धनकुटा, फागुन ११– धनकुटाको पाख्रीबास नगरपालिका–९ घोर्लिखर्कमा बिहान ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । धरानबाट इटा लिएर भोजपुरतर्फ जाँदै गरेको को१ख ३८५७ नम्बरको ट्रकले ठक्कर दिँदा पाख्रीबास नपा–८ पञ्चेका ९ बर्षीय सचिन तामाङ्गको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयवासीहरुले मृतकको शवलाई सडकमै तेस्राएर नारदमुनि थुलुङ्ग लोकमार्गमा सवारी अवरुद्ध गरेका छन् । मृतकको परिवारलाई क्षतिपुत्र्तिसहित विभिन्न माग राख्दै स्थानीयले ठाउँ–ठाउँमा ढुंगा, मुडा राखेर नारदमुनि थुलुङ्ग लोकमार्गको हिले–लेगुवा सडक खण्ड अवरुद्ध बनाएका हुन् । नाराबाजीसहित स्थानीयले गरेको अवरोधका कारण दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । घटनालाई मध्यनजर गर्दै सो स्थानमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्रक र चालक पाँचथर फिदिमका शिवकुमार राईलाई ईलाका प्रहरी कार्यालय पाख्रिबासले नियन्त्रणमा लिएको छ ।==ratopati