पासवर्डको सट्टा अनुहार देखाएर आफ्नो इमेल खोल्न सकिने

नेपाल जापान डट कम सम्बाददाता-
फेसबुक ,इमेल र ट्वीटरजस्ता आफ्नो निजि खाताको पासवर्ड सम्झिन दिक्क लाग्ने र बिर्सने समस्या हुने अब धेरै जनाको लागि अब नया प्रविधिको बिकाश भएको छ |अब आफ्नो खाता खोल्नको लागि पासवर्डको आवस्यकता पर्दैन आफ्नो अनुहार देखाएर पनि  सामाजिक संजालमा सुरक्षित भएको खाता खोल्न सकिन्छ |
imel
नयाँ एप ‘ट्रु की’ विकाश भएसंगै पासवर्ड प्राटेक्टेड मल्टिपल वेबसाइट जस्तो इमेल, नेट बैंकिङ अकाउन्ट आदिमा पासवर्ड नराखी फेस डिटेक्शन प्रविधि अपनाउन सकिने भएको छ |यस्तो प्रविधिको प्रयोग गर्दा अनुहार देखिएपछि वा चिनेपछि इमेल, सामाजिक संजाल वा इन्टरनेट बैंकिङका सुरक्षित खाता आफै खुल्छन् ।शारीरिक चिन्ह वा आँखाले व्यक्तिको पहिचान गर्ने बायोमेटि्रक प्रक्रियामा अब एक नयाँ आयाम थपिएको छ । अहिलेसम्म फेस डिटेक्शन प्रविधिले आइफोन वा एन्ड्रोइड अनलक गर्न सकिन्थ्यो ।
‘ट्रु की’ कम्प्युटरको क्यामेराको सहयोगले फोटो क्लिक गरेर स्टोर गर्छ, ताकि भविष्यमा यसको प्रयोग गर्न सकियोस् । जब तपाईले आफ्नो पासवर्ड प्रोटेक्टेड वेबसाइट खोल्न चाहनुहुन्छ, यो एपले तपाईको अनुहार स्क्यान गर्छ र आफ्नो रेकर्डसँग मिलाएर हेर्छ । अनुहार मिले साइट खुल्छ, पासवर्ड चाहिँदैन ।यो प्रविधि ति सबै डिभाइसमा काम गर्छ, जसमा क्यामेरा जडान गरिएको छ । जस्तो कम्प्युटर ट्याबलेट र स्मार्टफोनको पनि पासवर्ड परिर्वतन गर्न सकिन्छ ।