नायिका ढुंगानालाई प्रेमपत्र लेख्दै युवकले गरे आत्महत्या !


कुनै केटीले प्रेम प्रस्ताव स्वीकार नगर्दा केटाले आत्महत्या गरेका घटना फिल्म र उपन्यासमा धेरै भेटिन्छन् । तर, वास्तविक जीवनमा निकै कम केटा यति कायर भएर जीवन समाप्त पार्ने खेलमा सामेल भएका होलान् । यस्तै घटना भयो अहिलेकी चल्तीकी नायिका नीता ढुंगानाको जीवनमा पनि । जसले अहिले पनि उनलाई झस्काइरहन्छ । करिव एक दशकअघि भएको यस्तै दुःखलाग्दा घटना ढुंगानाले खुलासा गरेकी छिन् ।  आफू ‘स्वीट सिक्सटिन’मा रहेका बेला चितवनका एक युवकले आफ्नो नाममा जीवन समाप्त पारेको सम्झिंदा अहिले पनि उनलाई ग्लानी लाग्छ । तपाइले कहिल्यै नभुल्ने प्रेमपत्र कुन थियो ? नीतालाई यो प्रश्न सोधेपछि उनी निकैबेर भावुक बनिन् र लामो श्वास तानिन् । उनले विगतको कुरा संझदै भनिन्-‘मलाई चितवनका एक जना युवकले खुबै मन पराउनु हुन्थ्यो । तर, मैले उहाँको कुरा बुझ्न सकिन, त्यही भूल भयो ।’ नीताले बताएअनुसार ती युवकले उनलाई मन पराए पनि नीताले उनलाई केवल असल साथीका रुपमा मात्र लिएकी थिइन् । तर, एक दिन उनले नीतालाई प्रेम प्रस्ताव राखे, जसलाई उनले स्वीकार गरिनन् । ‘उहाँलाई नजिकको साथी सोच्नु नै मेरो गल्ती भयो । उहाँले मलाई मन पराउनु हुँदोरहेछ, तर, मलाई थाहा भएन ।’ नीताले प्रेम अस्विकार गरेपछि ती युवकले आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले नीतालाई प्रेमपत्र लेख्दै प्रेम प्रस्ताव अस्वीकार गरेकामा निकै चित्त दुखाएका थिए । नीताकै नाममा ती युवकले यो संसारबाट बिदा लिए । निकै बर्ष पुरानो यो घटना सम्झिंदा नीता आज पनि दुःखी छिन् ।  आफ्ना कारण कसैले ज्यानै फालेको घटनाले उनलाई झस्काइरहन्छ । हालै अमेश भण्डारीसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी नीता आफूलाई नपाएर आत्महत्या गर्ने युवकको अन्तिम प्रेमपत्र संगालेर राखेको बताइन् ।