२० वर्ष अघि भारतमा बेचिएकी चेली घर खोज्दै आइपुगे पछी ....

रुकुम खोलागाउँको मानाकोट घर बताउने धनकुमारी भनिने राज कुमारीलाई गाउँले मामा नाता पर्ने व्यक्तीले २० वर्ष पहिले भारतको चन्डीगडमा एक भारतीय नागरिकलाई आफू १६ वर्षको हुँदा बेचिदिएको राज कुमारी बताउँछिन् । उनलाई किन्ने भारतीयले आफूलाई एक वर्षसम्म मानसिक र शारिरिक यातना दिएको र जंगलमा फलिदिएको बताउँछिन् । व्यवारिसे अवस्थामा जंगलमा फलिएकी उनलाई देहरादुन विकासनगर थानाका जीवन सिंहले फेला पारेण्पछि आफ्नो घरमा पुर्याएर औषधि उपचार गरेको उनको भनाई छ ।
आफूलाई उपचार गरि बचाउने जीवन सिंहसँग विकासनगर थानाका स्थानीयहरुले उनको विवाह गरि दिएको उनले बताइन् । विवाहपश्चात् पनि उनको सुखको दिन आएन । भारतमा लगेर बेच्ने फेरि आयो र फेरी अर्कै व्यक्तिसँग उनलाई बेचिदिएको उनीसँगै आएका उनका श्रीमान् जीवन सिंहले बताए । चरम मानसिक तथा शारिरिक यातनाबाट मानसिक सन्तुलन नै गुमाएकी आफ्नी श्रीमतीलाई पाउन आफूले भारतीय प्रहरीको सहयोग लिएको जीवन सिंह बताए । उनले भने, ‘ प्रहरी सहयोगमा मैले अर्को ठाउँमा बेचिएकी श्रीमतीलाई फेरी पाउन सफल भएँ, विवाह गरेको आज १९ वर्ष बितिसकेको छ र अहिले हामी लोग्ने स्वास्नी सँगै छौँ ।’ चार सन्तानलाई जन्म दिएता पनि कसैलाई पनि बचाउन नसकेको दुखेसो समेत सिंहले पोख्न भ्याए ।
मानसिक सन्तुलन ठिक नभए पनि २० वर्ष पछि आफ्ना आमा, बुवा, दाजु, भाइलाई सम्झेर लोग्नेलाई साथमै ल्याएर उनी नेपाल फकिर्एकी हुन् । २० वर्षको अन्तराल पछि आफ्नो घरको खोजीमा नेपाल आएकी राज कुमारीलाई जाजरकोट जिल्ला प्रहरी कार्यालयले उनलाई घर सम्म पुर्याउन सहयोग गर्ने जानकारी दिएको छ ।
