चीनकी २४ वर्षिय सून्दरी संसारकै कम उमेरकी अरब पति


काठमाडौं पुस २१–चीनकी २४ वर्षिय एक युवति एक दशमलब तिन अर्ब डलर सम्पत्ति सहित संसारकै कम उमेरकी अर्बपति बनेकी छिन् । उनले यो उपलब्धि फेसबुकका सहअध्यक्ष डिस्टन मोस्कोवित्जलाई पछाडि पारेर हासिल गरेकी हुन् । 
आजको तरुण साप्ताहिकमा खबर छ – सरकारी संचारमाध्यमले सार्वजनिक गरेको समाचारअनुसार चीनको रियलस्टेट डेभलपर्स प्रोप्रटीका अध्यक्ष तथा सीइओ जी हेपिगंकी छोरी पेरेन्ना होइ टिगं कम्पनीकी कार्यकारि निर्देशक हुन् । एक दशमलब तीन अर्ब डलरको सम्पत्ति भएको उक्त कम्पनीमा उनको ८५ प्रतिशत शेयर छ । उनले लण्डन युनिभर्सिटिबाट स्नातक गरेकी छन् भने हङकङ बसोबास गर्छिन् ।