के तपाई विस्वस गर्नु हुन्छ ? साहरुखको ‘डुब्लिकेट’लाई फाइदै फाइदा, लाखौंको कमाई''
के तपाई विस्वस गर्नु हुन्छा ? साहरुखको ‘डुब्लिकेट’लाई फाइदै फाइदा, लाखौंको कमाईमंसिर २४–कसैसँग अनुहार मिल्नुको फाइदा के के होला ? झन् त्यसमाथि पनि चर्चित व्यक्तिसँग अनुहार मिल्नु, त्यो भन्दा बढी खुशी र फाइदा के होला ? बलिउड स्टार साहरुख खानसँग अनुहार मिल्दा प्रशान्त वाल्डेलाई निकै फाइदा पुगेको छ ।
भारत नागपुरका प्रशान्त वाल्डेलाई आफ्नो अनुहार नै कमाई खाने भाँडो बनेको छ । कुनै कार्यक्रम र स्टेज प्रोग्राममा बलिउड स्टार खानको नक्कल गर्दा तालीको गडगडाहट नरोकिने भएपछि उनलाई खानको नक्कल गराउन आयोजकको तँछाडमछाड नै हुने गरेको प्रशान्तले बताएका छन् ।
प्रशान्त अहिले बलिउडमै आफ्नो करियर बनाइरहेका छन् । उनी विज्ञापनमा धेरै देखिन्छन् । उनलाई पहिले खानको डमीको रुपमा काम गराएपछि सट फाइनल भएपछि खानलाई बोलाउने गरिएको छ ।
खानका हमसक्कल प्रशान्तले दैनिक २५ हजार रुपैयाँ कमाउने गरेको बताएका छन् ।
