उपभोक्ताले सडकमा फाले ग्यास सिलिन्डर

मोरङ, माघ ५ - उपभोक्ताहरूले सोमबार विराटनगरको सडकमा खाली सिलिन्डर फालेर खाना पकाउने ग्यासको सहज आपूर्तीको माग गरेका छन् । लामो समयदेखि ग्यासको अभाव भईरहदा पनि सहज आपूर्तीको व्यवस्था नमिलाइएकाले बिरोध स्वरुप खाली सिलिन्डर सडकमा फालेको उपभोक्ताहरूले बताए ।
पब्लिक फोरम विराटनगर र सचेत नागरिक अभियानको अगुवाईमा स्थानिय ट्राफिक चौकमा दिउँसो खाली ग्यास सिलिन्डर सडमा फाल्दै उनिहरूले ब्यक्क्तीको जिवन सित प्रत्यक्ष रुपमा जोडिएको ग्यासको अपूर्ती सहज हुनुपर्ने माग गरे । सरकारले जनतासित राजश्व लिईरहेको भएपनि न्युनतम आबश्यकता पूर्ती गर्न पनि नसकेकाले ग्यासको सहज आपूर्ती माग्दै सडकमा आएको पब्लिक फोरम विराटनगरका अध्यक्ष सुमन ढुंगेलले बताए ।

पछिल्लो तिन महिना यता खाना पकाउने ग्यासको असहजता भएपनि राज्य पक्ष गम्भिर नरहेको उनले आरोप लगाए । सहज आपूर्ती नभएसम्म दवावमुलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।