कसैले तपाईको फोन ह्याक गर्दैछ ... यसरी थाहा पाउनुस्

स्मार्टफोन यूजर्सको मोबाइलबाट विभिन्न जानकारीहरु ह्याकर्सले लिएको कुरा बाहिर आउने गरे छ । तर अब तपाईको फोनको जासुसी हुन नसक्ने भएको छ ।


यदि कसैले यस्तो गर्ने कोशिश गरेमा तपाईलाई तुरुन्तै जानकारी हुनेछ । तपाईलाई पत्याउन गाह्रो पर्ला तर यो सत्य हो , यस्तो भने एपको माध्यमबाट हुने भएको हो ।

स्नूपस्निच नामको एपले आईएमएसआई (इन्टरनेशनल मोबाइल सब्सक्राइबर आइडेन्टीटी) कसैले जासुसी गरे नगरेको पत्ता लगाउने बताएको छ 


एक सेक्युरिटि एक्सपर्टका अनुसार स्नूपस्निच नामको एपले आईएमएसआई क्याचर्सको पत्ता लगाउछ र स्मार्टफोन यूजर्सलाई  उनीहरुको फोनबाट निजि जानकारी अन्यत्र यसरी जाँदैछ भनेर सावधान गर्छ ।

फोनको जानकारी कसैले कुनै वैध टावरबाट एकत्रित गरिरहेको छ भन्ने कुरा यो एपले उक्त सिग्नलको स्क्यान गरेर पत्ता लगाउने बताएको छ 
अहिले भने यो एपले एन्ड्रोयड ह्यान्डसेटबाट मात्र काम गर्ने बताइएको छ । जस्तै सोनी, सामसुङ ग्यालेक्सी आदिबाट । अहिले भने यो भन्दा बढी जानकारी दिइएको छैन ।