मानिसको शरीरन हो,हरेक मानिसलाई कुनै न कुनै प्रकारको समस्याले सताई रहेकोे हुनसक्छ । ब्यस्त जिवन सैली, अस्वस्थ भोजन खानामा अनियमितता,भिडभाड, कामको बोज इत्यादि कारणले मानिसको सरीरमा समस्या ल्याई रहेको हुन्छ ।
कतिपय अवस्थामा लापर्वाहिले गर्दापनि मानिस रोगि बन्दछ । गलत तरिकाले चिजबिजहरु उचाल्नु,कडा व्यायाम, अप्ठ्यारो सिरानी, सुत्दाको पोजिसननमिल्नु, उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन, कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्मउभिँदा, लामो समयसम्म कुप्री परिरहनु, धेरै गह्रौं वस्तुहरु उचाल्नु, गर्भवती अवस्थाले गर्दा ढाडको समस्या आएको पाइन्छ । आखिर जे जस्तो कारणहरु भएता पनि रोगि हुन भने मन कसैलाई पनि हुदैन । किनकि स्वस्थ सरीरले मात्रै मानिसको क्षमताको वूदि गर्दछ र असल कामगर्ने प्रेरणा मिल्दछ । निरोगि मानिसले मात्रै घर समाज र देसको विकासमा मद्धत दिन सक्दछ ।समस्या सामान्य होस् या जटिल सबैलाई पीडाहुन्छ । यस्तै समस्या तपाईमा पनि हुनसक्छ ।
प्राय बालबालिका देखि युवायुवति अनि बुढापाका सबैलाई ढाडको समस्याले सताएको पाइन्छ । अझबढि महिलाहरु यो समस्या बाट ग्रसित हुने गरेको पाइन्छ । अझै बढित घरयासी काम गर्ने ,खेतमा काम गर्ने लाई यो समस्याले पिरोलेको हुन्छ ।मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक
घरायसी र अफिसको काम मा समेत नकारात्मक असर पुगेको हुन्छ । जस्तैज्वरो आएमा, धेरै टाउको दुखेमा, औषधी सेवन गरिरहेको भएमा खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा,निद्रा नलागेमा,गर्भवती अवस्थामा, दिसा वा पिसाब आफै हुन थालेमा,घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा तपाइले अब मलाई ढाडको समस्याले पिरोल्न थालेछ भनेर जान्नु पर्दछ ।
यसका लागि तपाइले घरायसि उपाय अपनाउन सक्नुहुन्छ जस्तै ,आराम गर्नु,शुरुमा ‘आइसलाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाईएउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्ने,
त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्ने, । जस्लेदुखाई कम गरी आरामको अनुभव दिन्छ ।त्यस्तै सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने , क्याल्सियम र भिटामिन ‘डी युक्त पोषण खाने,पानिको प्रशस्त सेवन गर्ने,धेरै कमलो बिछ्यौनामा नसुत्ने, ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने यति उपाय अपनाएको खण्डका तपाई ढाडको समस्यालाई पर भगाई आरामदायि जीवन बिताउन सक्नुहुनेछ ।