प्रहरीले ताकी ताकी अण्डकोषमा हान्दा एक आन्दोलनकारीको मृत्यु
मिडिया एनपी,
जनकपुर । माओवादी नेतृत्वको तीस दलीय गठबन्धनद्वारा आह्वान गरिएको बन्दका
क्रममा आज आन्दोलनकारी विरोधमा मात्र उत्रिएनन् । उनीहरुले सकेसम्मको
प्रतिकार समेत गरे । तर सर्वसाधरणसँग सँगै सुरक्षाका खातिर तैनाथ प्रहरीले
आन्दोलनकारीको अण्डकोषमा ताकी ताकी लात्तीले हान्दा एक प्रर्दशनकारीको
मृत्यु भएको छ ।
मृत्यु हुने
महोत्तरी जिल्लाको एकराही घर भई जनकपुर उपमहानगरपालिका वडा नं ४ उत्तिमपुर
बस्ने ३० वर्षीय राजाराम झा हुन्। प्रहरीले प्रहार गरेको लात्ती अण्डकोषमा
परेपछि झा अचेत भएका थिए। प्रहरीले भ्यानमा राखी उपचार गराउन जनकपुर अञ्चल
अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालका चिकित्सकहरुले
बताएका छन्। मृतक झा एनेकपा ९माओवादी०का कार्यकर्ता भएको बुझिएको छ।
पेसाले उनी
रिक्साचालक हुन्। प्रहरीले झाको मृत्यु कुटाइबाट नभएर हृदयाघातबाट भएको
बताएको छ। आन्दोलनकारीले यो घटनालाई लिएर अनिश्चितकालीन धनुषा बन्दको
आह्वान गरेका छन्। झाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको
छ।

