थाहा पाई राखौ ..!! के कारण ले पुरुष को विर्य धेरै घट्छ ?
मिडिया एनपी, काठमाडौं । हालै गरिएको एक अनुसन्धानमा पुरूषहरूमा वीर्य घटनुको पछाडी एकदमै आश्चर्यजनक कारणको खोजी गरिएको छ ।
ब्रिटेनको
फूड स्ट्याण्डर्ड एजेन्सीले गरेको आफ्नो अनुसन्धानका आधारमा यो कुरा
मानिएको छ कि बाइस्फेनोल ए (बीपीए) नामको एक केमिकलको सम्पर्कका कारण
पुरुषहरूमा वीर्य घट्न सक्ने देखिएको छ ।
अनुसन्धानकर्ताहरूले
दावी गरे अनुसार पानीको बोतल र प्लास्टिकका भाँडाहरूमा हुने बीपीए नामको
केमिकल वीर्यसंग जोडिएको समस्याहरूको एउटा प्रमुख कारण हुन सक्ने देखिएको छ
।
अनुसन्धानकर्ताहरूका
अनुसार बीपीए एक प्रकार को एन्डोक्राइन डिसरप्टर हो जसले शरीरमा हर्मोनको
परिवर्तनलाइ प्रभावित गर्दछ र यो नै फर्टिलिटी सम्बन्धी समस्याहरूको एउटा
कारण हुन सक्दछ ।
अनुसन्धानमा
यो पनि पाइएको छ कि यस केमिकलको सम्पर्कबाट फर्टिलिटी मात्र प्रभवित हुने
नभै यसले डाइबेटीज, मोटोपन तथा क्यान्सर जस्ता समस्याहरूको कारण पनि हुन
सक्दछ ।
यूरोपीयन
देशहरूमा बच्चाहरूको सामानमा यस्ता बस्तुहरू प्रयोग गर्न मनाही गरिएको छ ।
अनुसन्धानकर्ताहरूले विगत ५० बर्षहरूको तथ्याङ्कको आधारमा यो पनि भनेका छन
कि बीपीए को सम्पर्कबाट वीर्यको संख्या र यसको गुणस्तरमा समेत निकै गिरावट
देखिएको छ ।
यो अनुसन्धान पीएलओएस जर्नलमा प्रकाशित गरिएको छ ।