काठमाडौं, माघ १२ – उमेरमा पचास वर्ष पार गरिसकेका नेपाली चलचित्रका
महानायक भनिने राजेश हमाल करिब ८ महिना अघि बिराटनगरकी युवती मधु
भट्टराइसँग विवाह बन्धनमा बाँधिएका थिए । आफ्नो लामो समयदेखिको
प्रेमसम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । विवाहपछि जति राजेश
हमाल पत्नीको चर्चा भएको छ विवाह अघि उनी खासै चर्चामा आएकी थिइनन् । राजेश
हमालकी प्रेमीका भनेर मिडियामा छाइसकेपछि उनको विषयमा विभिन्न खोजीपूर्ण
समाचारहरु सार्वजनिक भएका थिए । आफू १८ वर्षको हुँदा मोडलिङ क्षेत्रमा
पाइला टेकेकी मधु भट्टराइले सन् २००४ मा आयोजित ‘लक्स ब्युटी स्टार’ मा
आफ्नो सहभागिता जनाएकी थिइन् । यहि ब्युटी प्याजेन्टमा निर्णायक मण्डलमा
रहेका राजेश हमाल र मधुको चीनजान भयो । यद्यपी मधुले यो ब्युटी प्याजेन्टमा
फस्र्ट रनर अपमा नै चित्ता बुझाउनु परेपनि आफ्नो प्रतिभाले हमालको मनमा
छाप छोड्न भने सफल भएकी थिइन् । पाँच फिट ६ इन्चकी मोडल मधुले पछि
काठमाडौंमा आएर आफ्नो स्नातक तहको अध्ययन सिद्धाइन् र लाजिम्पाटस्थित एउटा
फ्ल्याटमा बस्न थालिन् । केहि म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी मधु
आफ्नो मोडलिङ करियरमा यस्ती देखिन्थिन् । हेरौँ तस्बिरहरुः
विवाह पूर्व यस्ती थिइन् राजेश हमालकी मोडल पत्नी मधु भट्टराइ (फोटोफिचर)